सर्वपक्षीय छलफलबारे मन्त्री पुनको टिप्पणी : ‘नेपालीको सल्लाह, खरानीको डल्ला’
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा बस्ने नेपालीले निर्वाचनमा मत दिने सम्भावना नरहेको बताएका छन् । सोमबार प्रधानमन्त्री शुसीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रमपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री पुनले छलफलमा कुनै उपलब्धि नभएको स्पष्ट पारे । ‘आजको छलफलप्रति तपाइँले चित्त दुखाइरहनु भएको थियो, किन हो ?’ भन्ने प्रश्नमा मन्त्री पुनले ठट्यौली पारामा भने, ‘नेपालीको सल्लो, खरानीको डल्लो ।’ उनले छलफल उपलब्धिविहीन भएको पारामा भने, ‘आजको सल्लाह चाहिँ खरानीको डल्ला जस्तो भयो। विदेशमा बस्ने नेपालीले चुनावमा भोट दिन पाउने अवस्था छैन । ल अब विदेशमा बस्ने नेपालीले के के अभियान चाल्नुपर्ने हो, तपाइँहरूको आ– आफ्नो क्षेत्रबाट के के अभियान चाल्नुपर्ने हो, चाल्नुहोस् ।’
प्रधानमन्त्री काकीले निर्वाचन तयारीबारे छलफल गर्न विभिन्न राजनीतिक दल, निर्वाचन आयोग तथा सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएकी थिइन् । छलफलमा सबै पक्षले आ–आफ्ना धारणा राखेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
बञ्चरेडाँडाको अवरोध हटेपछि कुलमानले दिए धन्यवाद
काठमाडौँ । काठमाडौं उपत्यकाको फोहर विसर्जनस्थल बञ्चरेडाँडामा स्थानीयले गर्दै आएको अवरोध हटेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले खुसी व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा भएको सरकार र बञ्चरेडाँडाका स्था...
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा निर्माण गरी प्रयोग हुँदै आएका निजामती कर्मचारी ट्रेड युनियन तथा संगठनका भवन र संरचना तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका अनुस...
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित
काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । शनिबार राति सम्पन्न मतगणनाअनुसार उनले २२,४२६ मत प्राप्त गर्दै प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यलाई ७,७७६ मतको अन्तरले पराजित गरे ।
...
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास
दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदीरम्घामा आज सोमबार भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् । भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई मूर्त रूप दिने च...
कांग्रेसको विशेष महाधिवेशनमा चुनाव भोलि बुधबार हुने
काठमाण्डौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वका लागि मंगलबार मात्रै चुनाव हुने भएको छ । काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्त्रसत्र जारी रहेको छ। बन्दसत्रमा सोमबार मध्याह्नदेखि निर्वाचन प्रक्रिया सुरु...
चुनाव नजिकिँदै गर्दा शीर्ष नेताको दिल्ली दौड, भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिँदै
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन आउन अब ५८ दिन मात्र बाँकी रहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको नयाँदिल्ली दौड तीव्र बनेको छ । कुनै ठूलो राजनीतिक फेरबदल नभए फागुन २१ मा चुनाव हुने निश्चित देखिएको छ । अघिल्लो साता डा। बाबुराम भट्टराई चारदिने...



