शुक्रबार, ०१ साउन २०८३
नेपाली

मन्त्री कुलमानले सम्झिए नौ वर्षअघिको दिपावली

Main News Image

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नौ वर्षअघिको तिहार स्मरण गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत तिहारको शुभकामना दिँदै उनले २०७३ सालको दिपावली स्मरण गरेका हुन् । त्यतिबेला उनी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक थिए । कुलमानकै पहलमा नेपाल लोडसेडिङमुक्त भएको थियो ।

‘दिपावलीको दिन ९ वर्ष अगाडी लोड सेडिङ अन्त्यको सुरूवाती दिन भएकोले हामी सबैको लागि अझ विशेष दिन बन्न गएको छ’ उनले लेखेका छन्, ‘२०७३ सालअघि १६ देखि १८ घण्टासम्म लोडसेडिङ हुने गर्थ्यो, जब म नेपाल विद्युत प्राधिकरणमा आबद्ध भएँ, २०७३ साल तिहारको लक्ष्मीपूजा दिनदेखि काठमाडौंमा मैले लोडसेडिङमुक्त घोषणा गरेँ ।’ घिसिङ सामाजिक सञ्जालमा लेख्छन्, ‘२०७३ साल अन्त्यतिर नेपालभरी नियमित लोडसेडिङ अन्त्य भयो । आज ९ वर्ष भयो्, देश अन्धकारबाट उज्यालो तर्फ लागेको, सम्पूर्ण नेपाली जनता, देशवासीलाई आज पर्न गएको दिपावलीको मंगलमय शुभकामना।’

यस्तै, उनले लक्ष्मीपूजाको राति काठमाडौंको झिलिमिली तस्बिर राख्दै भनेका थिए, ‘जति रात छिप्पिँदै गयो त्यति नै, बिजुलीको चमक र झिलिमिली ।’
लक्ष्मी पूजाको साँझ कात्तिक ३ गते साँझ ६ः५० बजे देशभर विद्युतको उच्च माग १६५० मेगावाट पुगेको थियो । सो समयमा नेपालबाट १०१५ मेगावाट विद्युत निर्यात गरिएको थियो । यसरी, आन्तरिक माग र निर्यात गरी कुल विद्युत उत्पादन २६६५ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

आयोगले लियो पूर्वमहानिरीक्षक खापुङको बयान

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको बयान लिएको छ । आयोगले बिहीबार सिंहदरबारमा खापुङसँग बयान लिएको हो । उनीमाथि २३ भदौमा अत्यधिक बल प्रयोग गरेको र २४ गते सार्वजनिक...

पाँच एसएसपीको नाम डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको सचिवालयले पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीबाट डीआईजीमा बढुवा गर्न पाँच जनाको नाम सिफारिस गरेको हो ।

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ । २०८३ साल असार २९ गते सोमबार सन् २०२६ जुलाई १३ तारिख। असार कृष्ण पक्षको चतुर्दशी तिथि । भानु जयन्ती । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि...

विपिनको मृत्यु पुष्टि भएपछि खाली हात स्वदेश फर्किए आमा र बहिनी

काठमाण्डौँ । हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको निधन पुष्टि भएपछि उनलाई खोज्दै अमेरिका पुगेका उनकी आमा र बहिनी आज बिहान स्वदेश फर्किएका छन् । विपिनको सकुशल उद्धारको आशामा अमेरिका गएका परिवारका सदस्यहरू उनलाई जिवितै फर्काउने अपेक्षा राखे...

लोप हुने अवस्थामा पुग्यो माघीमा नाचिने थारू समुदायको ‘ढुम्री’ नाच

काठमाण्डौँ । थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्री नाच्ने चलन थियो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्री गीत गाउने र नाच्ने चलन थियो । गीत गाउने, नाच्ने र रातभर आगो ताप्ने चलन थियो...

त्रिविको जग्गा अतिक्रमणमा अख्तियारले थाल्यो छानबिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविको नाममा रहेको हजारौँ रोपनी जग्गा हिनामिना र अतिक्रमणको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक छानबिन थालेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शिक्षा म...