शुक्रबार, ०१ साउन २०८३
नेपाली

शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेटवार्ता

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी पार्टी कार्यालयमा दर्ता गराएको समूहले पार्टी नेता डा शेखर कोइरालासँग छलफल गरेको छ । हस्ताक्षर बुझाएपछि पार्टी केन्द्रीय समितिको बैठकमा बहस चलिरहेका सन्दर्भमा आज पार्टीका नेता कोइरालासँग भेट गरी चार वर्षे कार्यकालभित्रै १५ औं महाधिवेशन वा विकल्पमा विशेष महाधिवेशनको कार्यतालिका ल्याउन माग गरिएको हस्ताक्षर संकलनको नेतृत्व गर्दै आएका नेता गुरुराज घिमिरेले जानकारी दिए।

भेटघाट र छलफलका क्रममा नियमित वा विशेष महाधिवेशनबाट समयसापेक्ष नीति तर्जुमासहित केन्द्रीय समितिको निर्वाचन अहिलेको एकमात्र बाटो रहेको नेता कोइरालाले बताएका थिए। नियमित महाधिवेशन नहुने भए विशेष महाधिवेशनका लागि आफूले पनि पहल गर्ने उहाँले प्रतिबद्धता जनाएको कांग्रेस नेता मनोजमणि आचार्यले बताए।

mediabaaji add

सम्बन्धित खबर

भदौ २३ गते जेनजी शहीद दिवस मनाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका बारेमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले यस्तो जानकारी दिएका हुन् । सरकारले...

प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस

काठमाडौँ । नेकपा माओवादीले प्रतिनिधिसभा सदस्यका लागि हुने प्रत्यक्ष निर्वाचनमा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई रोल्पाबाट एकल रुपमा सिफारिस गरेको छ । रोल्पा जिल्ला समितिले तत्कालीन माओवादीले आधार क्षेत्र मान्दै आएको क्षेत्रबाट उम्मेदवार...

कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए शपथ

काठमाडौँ । सुशीला कार्की नेतृत्वको सरकारमा ४ मन्त्री थपिएका छन् । आजै राष्ट्रपति निवास शितलनिवासमा चार मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् चौथोपटक भएको हो । नवनियुक्त मन्त्रीहरुमध्ये कुमार इङ्नामले भूमि व्यवस्था,राजेन्...

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । उच्च अदालत जनकपुरले बुधबार उनलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएपछि प्रहरीले उनलाई महोत्तरीको गौशालास्थित आफ्नै निवास निगौलबाट पक्राउ गरेको हो ।

थमन विक हत्या प्रकरण...

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ । अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आ।व।२०८३र८४को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, महिला तथा साम...

दुर्गा प्रसाईं २५ दिनसम्म प्रहरी हिरासतमा बस्ने

काठमाडौँ । भक्तपुरस्थित आफ्नै निवासबाट मध्यरात पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याएको कसुरमा मुद्दा चलाइने भएको छ । यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्था छ ।

<...