पत्रिका डुबाउन मिडिया हाउसदेखि स्टेशनरी सक्रियः पत्रकार समाचार नखोज्ने, स्टेशनरी पसले पढ्नै नदिने !
अनुसा थापा_______
भक्तपुर । गरिब, आर्थिक अवस्था कमजोर र पैसा नभएकाहरु स्वास्थ्य, शिक्षाबाट मात्र नभई पत्रिका पढ्नबाट पनि वञ्चित हुनुपर्ने अवस्था आएको छ । स्टेशनरी पसलेहरुले पैसा नभएकालाई पत्रिका हेर्न पनि दिँदैनन् । बिहान पत्रिका आउनेबित्तिकै स्टेशनरी पसलेहरुले स्टिच लगाइहाल्छन् ।
पत्रिका पढ्न नसकोस्, किनोस् भनेर त्यसो गरिएको छ । पत्रिका पनि लुकाएर राखिन्छ । हेर्न दिनुपर्छ भनेर पत्रिका लुकाइन्छ । पढ्नका लागि हुँदैन, किन्नका लागि हुन्छ । यसले गर्दा नागरिक देश–विदेशमा घटेका घटना जान्न पाउने अधिकारबाट वञ्चित भए । पहिला पैसा दिनु अनि पत्रिका छुनु भनिन्छ ।
पसलमा उभिएर पत्रिका पढ्न दिइँदैन । ‘उता जानुस्, तपाईँले गर्दा अन्य ग्राहकलाई असर पर्यो’ भन्दै रुखो व्यवहार गरिन्छ । पत्रिकाबाट स्टेशनरी पसलेलाई एक–दुई रुपैयाँ नाफा हुन्छ । अन्य सामान बेच्दा राम्रो नाफा बस्छ । त्यसैले स्टेशनरी पसलेहरु पत्रिका किन्न आउने ग्राहकलाई गन्दै गन्दैनन् ।
दैनिक दर्जनौं पत्रिका प्रकाशित हुन्छ । ग्राहकले सबै पत्रिका खरिद गर्न सक्दैनन् । पाठकले पत्रिका हेरेर आफूलाई चाहिएको, रोचक समाचार भएको लैजाने हो । तर, पत्रिका हेर्नै दिँदैनन् । कि किन्नुपर्यो कि त्यत्तिकै फर्किनुपर्यो । यसले जनताको सूचनाको अधिकार हनन भएन ?
पत्रकारले दुःख गरेर समाचार खोजेका हुन्छन् । दुःख गरेर लेखेका हुन्छन् । ती समाचार पाठकले पढ्न पाएनन् भने त्यसको के औचित्य ? मिडिया हाउसले पनि आफ्नो पत्रिका पाठकसम्म पुगेको छ कि छैन ? अनुगमन गर्दैन । स्टेशनरी पसलेहरु ‘आए बाउको, गए साहु’ को जस्तो गर्छन् ।
आज बिकेन भने भोलि फिर्ता पठाउँछन् । यस्तो अवस्थाले छापा पत्रिका कसरी जोगिन्छ ? उसैपनि छापा पत्रिकाको अस्तित्व संकटमा पर्दै गएको छ । पत्रिकालाई आफ्नो अस्तित्व जोगाउन हम्मेहम्मे परेको छ । यस्तो अवस्थामा पत्रिका बिक्रीकर्ताहरुको व्यवहार रुखो छ । राससलगायत न्यूज एजेन्सीको समाचार हाल्दा उसैपनि पत्रिकाको स्तर खस्किँदै गएको छ ।
पत्रिकाको पृष्ठ घटेर दुई–तीन पेजमा सीमित भएको छ । मूल्य भने बढेको छ । खोजिमूलक समाचार छैन । अनि स्टेशनरी पसलेको व्यवहार यस्तो हो । अनि पत्रिका कसरी उमो लाग्छ ? यस्तै भयो भने पत्रिका बन्द हुन्छ कि हुँदैन ? पत्रिकामा समाचारभन्दा बढी विज्ञापन हुन्छ । बैंकको लिलामीको सूचनाले पत्रिका भरिएको हुन्छ ।
तैपनि पाठक पत्रिका किनिरहेका छन् । पाठकले विज्ञापनका लागि पत्रिका किनेका हुँदैनन् । केही नयाँ कुरा छ कि ? भनेर पत्रिका खरिद गरिन्छ । तर, पत्रपत्रिकाले पाठकलाई दुःखी बनाइरहेको छ । हेडल्याइन फेर्ने, राससको समाचार हाल्ने । सरकारी सञ्चारमाध्यम त सरकारको मुखपत्र भइहाल्यो ।
सरकारको गुनगानबाहेक केही आउँदैन । मिडिया हाउस, पत्रकार र स्टेशनरी पसलेले नै पत्रिका बन्द गराउन लागिपरेका छन् । यसमा मिडिया हाउस गम्भीर हुन आवश्यक छ । विगतमा सार्वजनिक स्थलमा पत्रिका हेर्नका लागि राखिन्थ्यो । पैसा नहुनेले त्यहाँ गएर पत्रिका पढ्थें । अहिले त्यसरी पत्रिका राख्न छोडिएको छ ।
पत्रिका किन्नैपर्छ । यसमा पनि सरोकारवालाको ध्यानाकर्षण हुन आवश्यक छ । सार्वजनिक स्थलमा पत्रिका राखिदिने हो भने धेरै पाठकको पहुँचमा पुग्थ्यो । सबै समाचारबाट सुसूचित हुन पाँउथे । त्यो सुविधा त खोसियो । पैसा नहुनेका लागि पनि मध्यनजर गरी फेरि सार्वजनिक स्थलमा पत्रिका पढ्ने व्यवस्था मिलाउने आवश्यक छ ।
पछिल्लो समय खोजी पत्रिका हराउँदै गएको छ । कारण हो–पारिश्रमिक नदिनु । धेरै मिडिया हाउसले पत्रकारलाई तलब दिएको छैन । मिडिया हाउस तलब नदिने, पत्रकार भोको पेट लिएर समाचार खोज्न नजाने । पत्रिकाले खोजी समाचार छाप्ने हो भने पाठकले पनि खोजीखोजी पत्रिका पढ्छन् ।
पत्रिका जोगाउने हो भने खोजी पत्रिकालाई महत्व दिन आवश्यक छ । एउटै समाचार पढ्नका लागि किन पैसा खर्च गर्ने ? पाँच–दश रुपैयाँ पनि त पैसा हो । त्यो पैसा कमाउन कति गाह्रो छ । पत्रकारिता भनेको अर्काको समाचार बेच्ने होइन, आफैंले समाचार खोजेर पाठकसम्म पुर्याउने हो ।
तर, मिडिया हाउसहरुले राससलगायतको समाचार बेचिरहेका छन् । पहिले–पहिले पत्रिका १४ देखि २४ पेज आउँथ्यो । साथै, भित्र कोपिला र कोशेली हुन्थ्यो । कोपिला र कोशेली हेर्नका लागि पाठकले पत्रिका किन्थें । त्यतिबेला पनि पत्रिकाको मूल्य १० रुपैयाँ थियो । अहिले पत्रिका घटेर बढीमा आठ पेजमा झरेको छ ।
पत्रिकाको स्तर कहाँ पुग्दैछ ? यसैबाट पुष्टि हुन्छ । सञ्चार क्षेत्र व्यापार होइन, सेवा हो । तर, धेरै मिडिया हाउसले व्यापार बनाए । जसको समग्र असर पत्रिकालाई अहिले परिरहेको छ । पत्रकारले आफ्नो दायित्व बिर्सिँदै गएका छन् । पत्रकार भन्ने तर समाचार नखोज्ने, नलेख्ने ।
उनीहरु कसरी पत्रकार भए ? अहिले अनलाइनको जमाना छ । अनलाइनले छिटोछरितो समाचार दिन्छ । पत्रिका जोगाउने एउटै माध्यम भनेको नयाँ, लुकेका र भित्री समाचारको खोजी हो । नयाँ नयाँ, रोचक, लुकेका र भित्री समाचार खोज्ने, अनलाइनभन्दा बेग्लै समाचार प्रस्तुत गर्ने हो भने पाठकले खोजी–खोजी पढ्छन् ।
धेरै पत्रिका बन्द भइसकेको छ । दैनिक र साप्ताहिक पत्रिकाले ख्याल नगर्ने हो भने तिनै बन्द भएको पत्रिकाको अवस्थामा पुग्न बेर लाग्दैन । मिडिया हाउस र पत्रकार सुध्रिन जरुरी छ । नाम मात्रको पत्रकार नबनौं, समाचार खोजौं, लेखौं । पत्रकार भनाउँदाहरु दिनभर चिया पसलमा देखिन्छन् ।
तिनले के समाचार खोज्छन् ? दुई दशकअघिसम्म पत्रिका कम थिए । पत्रकार कम थिए । पत्रकारिता गर्नु चुनौतीपूर्ण थियो । ज्यान जोखिममा राखेर पत्रकारले समाचार खोज्थें । पाठकले खोजीखोजी पत्रिका पढ्थें । अहिले पत्रिका बढ्यो, स्तर खस्कियो । पत्रिका, अनलाइन, युट्युब आयो ।
तर, के भयो ? समाचार छैन । पत्रिका पनि निष्पक्ष बन्न सकेनन् । पत्रिका र पत्रकार नै पार्टीगत भए । आफ्नो पार्टीकाले जे गरेपनि पत्रिका र पत्रकार मौन बस्छन् । अर्को पार्टीको भयो भने खोइरो खन्छन् । विज्ञापन पायो भने गलत कुरा पनि छोपिदिन्छन् । अनि कसरी भयो निष्पक्ष पत्रकारिता ?
मिडिया हाउसका मालिकहरु मँहगो गाडी चढ्छन् । आफ्नो छोराछोरी मँहगो स्कूलमा पढाउँछन् । तर, पत्रकारचाँहि भोकभोकै छन् । समयमा तलब पाउँदैनन् । पत्रकारसँग गोजीमा पैसा हुँदैन । उनीहरुले छोराछोरीको स्कुल फिस तिर्न सकेका हुँदैनन् । अनि कसरी आउँछ समाचार खोज्ने जोशजाँगर ? ह
यसमा मिडिया हाउसका सञ्चालक गम्भीर बनुन् । पत्रकारको श्रम शोषण नगरौं । समयमै तलब, सेवासुविधा उपलब्ध गराएर उनीहरुलाई काम गर्न हौसला दिऔं । पत्रकारले दुःख गरेर समाचार खोज्छन्, सम्पादकले हाल्दैनन् । बार्गेनिङ गर्छन् । पत्रकारहरु निराश बन्छन्, समाचार खोज्नै जाँदैनन् ।
त्यसैले मिडियामाथि राजनीतिक झोले भयो भन्ने आरोप लागेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल कालोसूचीमा गर्ने दिन घर्किँदै, अर्थमन्त्री वाग्ले आफ्नै पारामा !
रुषा थापा_______________
भक्तपुर । माघ महिना आउन आठ महिनामात्र बाँकी छ । आठ महिनाभित्र नेपाल ग्रेलिष्टबाट नहटे कालोसूचीमा पर्नेछ । वालेन्द्र शाह (वालेन) नेतृत्वको रास्वपा सरकार गठन भएको एक महिना पूरा भएको छ । यसबीचम...
जित्ने कला “पागलपन” जबसम्म तपाईंले हार मान्नु हुन्न -डिआर दाहाल
जीवनको यात्रा कहिलेकाहीं अनिश्चित, चुनौतीपूर्ण र कठिनाइले भरिएको हुन्छ। हामी सबैले कहिल्यै नसकिए जस्तो लाग्ने समस्याहरू र धेरै असफलताहरूको सामना गर्नुपरेको हुन्छ। तर, जीवनका यस्ता क्षणहरूमा नै तपाईंको दृढता, साहस, र आत्मबलको वास्तविक परीक्षा...
ऋणको पासोले जनता जेलमा, सरकार वैदेशिक ऋण थुपारेर देश डुबाउने खेलमा !
अनुसा थापा ____________
पछिल्लो पाँच वर्षयता बैंकिङ्ग कसुरको मुद्दा ह्वात्तै बढेको छ । त्यसमा पनि सबैभन्दा बढी चेक बाउन्स र आर्थिक लेनदेनको कसुर रहेको छ । बैंकिङ्ग कसुरको प्रमुख कारण आर्थिक मन्दी देखिन्छ । बजारमा लामो समयदेखि आ...
एउटै सरकारको दुईटा कानुनः बैंक तथा वित्तिय संस्थालाई मनलाग्दी ब्याज उठाउँदा छुट, व्यक्तिलाई जेल !
अनुसा थापा______
भक्तपुर । सरकार एउटै, कानुन छुट्टै ! प्रसंग हो, ब्याजदरको । बैंक तथा वित्तिय संस्थालाई सरकारले आफैं ब्याजदर तोक्ने अधिकार दिएको छ । बैंक, फाइनेन्स, सहकारी, लघुवित्तले आफैं ब्याजदर तोक्छ । व्यक्तिको हकमा सरकारले...
जागिरको प्रलोभनमा मौलाउँदै ठगी, सरकार कारबाही गर्छ न श्रमिकको पीडा देख्छ !
रुषा थापा________________
भक्तपुर । बाटोमा हिँडिरहँदा ’कर्मचारी आवश्यकता‘ लेखिएका पोष्टर तथा पर्चा जताततै देखिन्छन् । बत्तीको पोलदेखि घर, स्कुलका भित्तासम्ममा यस्ता पोष्टर र पर्चा टाँसिएका हुन्छन् । जसमा लेखिएको हुन्छ–कर्मचारी आवश्यक,...
आमा ! छोरा मान्छेहरु कहिल्यै रुँदैनन् हो ?
एक्कासि बाबालाई आज सन्चो भएन । हिजो असारको १५ गते, खेतमा बेस्सरी भिजेर आउनु भएकोले आज बाबालाई ज्वरो आएको छ अनि खोकी पनि लागीरहेको छ । म घरको जेठो छोरा, सबै जिम्मेवारी मेरै काँधमा छ । बुबापछिको शेष मनै हुँ । ठुली दिदी ब...



