विश्वकपमा दिग्गज खेलाडीलाई पछि पार्दै एमबाप्पेले बनाए यस्तो कीर्तिमान
काठमाण्डौँ । फ्रान्सका कप्तान तथा स्टार स्ट्राइकर केलियन एमबाप्पेले फिफा विश्वकपको नकआउट चरणमा इतिहासकै सर्वाधिक गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन् ।
सन् २०२६ को जारी विश्वकपमा अद्वितीय प्रदर्शन गर्दै उनले विश्व फुटबलका पुराना दिग्गजहरूलाई पछि पार्दै यो ऐतिहासिक सफलता हासिल गरेका हुन्। एमबाप्पेले विश्वकपको नकआउट चरणमा मात्र १० खेल खेल्दै ११ गोल गरिसकेका छन्। यसअघि यो कीर्तिमान ब्राजिलका लिजेन्ड खेलाडीहरू रोनाल्डो नाजारियो र लियोनिदासको नाममा संयुक्त रूपमा समान ८,८ गोल रहेको थियो।
२७ वर्षीय एमबाप्पेले विश्वकपका विभिन्न बलिया टोलीहरूविरुद्ध नकआउट चरणमा आफ्नो कडा प्रभाव छोडेका छन्। उनले अर्जेन्टिना विरुद्ध कुल ५ गोल गरेका छन्, जसमा सन् २०१८ को राउन्ड अफ १६ मा २ गोल र २०२२ को ऐतिहासिक फाइनल खेलमा गरेको सनसनीपूर्ण ह्याट्रिक ३ गोल सामेल छ। यसका साथै उनले सन् २०२२ को राउन्ड अफ १६ मा पोल्याण्ड विरुद्ध २ गोल, सन् २०२६ को जारी विश्वकपको राउन्ड अफ ३२ मा स्वीडेन विरुद्ध २ गोल, सन् २०१८ को फाइनलमा क्रोएसिया विरुद्ध १ गोल र सन् २०२६ को राउन्ड अफ १६ मा पाराग्वे विरुद्ध पेनाल्टी मार्फत १ निर्णायक गोल गरेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग ९एनपील० को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपीलको फाइनललाई नेपाली खेलकुदका ल...
टी-२० विश्वकपमा आजदेखि सेमिफाइनल, भिड्दैछन् न्युजिल्याण्ड र दक्षिण अफ्रिका
काठमाण्डौँ । आइसिसी टी २० विश्वकपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दैछन् । कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा ७ बजेदेखि खेल सुरू हुनेछ । दक्षिण अफ्रिका सुपर ८ बाट समूह एको...
खेलकुदमन्त्री गुप्ताको अमेरिका भ्रमण रद्द, तत्काल राजीनामा पनि नदिने
काठमाण्डौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पछिल्लो समय विवादमा तानिएका छन् । मन्त्रालय सम्हालेको छोटो समयमै गुप्ता अमेरिका भ्रमणलाई लिएर विवादित बनेका हुन् । गुप्ता जेनजीको कोटाबाट मन्त्री बनेको चर्चा छ । मन्त्री गुप्तालाई गैरआवासीय नेपाली स...
नेपालले भारतलाई ९२ रनले हरायो
काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभर...
एनपीएल : लुम्बिनीले जिते जनकपुरसँगै बाहिरिनेछन् पोखरा र चितवन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अङ्क जोडेको लुम...
एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै
काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईमा जारी एसीसी पुरुष यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ। यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । नेपाल समूह ‘ए’ को...


