शुक्रबार, ०१ साउन २०८३
नेपाली

सरकारले जागिर लगाइदिने आशामा सहिद पत्नी मञ्जु

Main News Image

सुनसरी । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद भएको इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्थे । गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उनलाई खासै जानकारी थिएन । गाउँकै श्रवण सरदारसँग बजार जाने निधो गरे । उनी घर बनाउने काम गर्दा खुट्टामा चोट लागेर केही दिनदेखि घरमै आराम गरेर बसेका थिए । एकछिन बजार पनि पुगेर आउने अनि खुट्टा पनि सामुदायिक स्वास्थ्य केन्द्रमा देखाएर आउँछु भनेर श्रीमती मञ्जुसँग कुरा गरेर उनी घरबाट निस्किएका थिए तर कहिल्यै नआउने गरी अस्ताए । साँझ अबेरसम्म पनि नफिर्किएपछि श्रीमती मञ्जुले श्रवणलाई सोध्दा दिउँसै छुटिएको र पछि खोज्दा आफूले फेला नपारेको श्रवणले बताए। ‘खै मोहन त कता जानुभयो, बजारमा आन्दोलन रहेछ, त्यो भिडभाडमा हामी छुट्टियौँ, पछि सम्पर्क हुन सकेन ।’ श्रवणका कुराले मञ्जुको मनमा चिसो पस्यो ।

अनि फोन लगाउन थालिन् । फोन ‘स्वीच अफ’ थियो । आफन्त र गाउँका सबैलाई हारगुहार गरिन् । तर, सबैले हाइहाल्नुहुन्छ नी भन्ने जवाफ दिए । उनले पनि बेलुकासम्म त आउनुहुन्छ होला भनेर सोचिन् । तैपनि मन बेचैन भइरह्यो । फेसबुक खोलेर बेलाबेलामा हेर्थिन् त्यही फेसबुकमा गोली लागेर ढलेको भनेर आफ्नै श्रीमान्को भिडिओ देखेपछि मञ्जु बेहोस् भइन् । त्यसपछि उनलाई आफन्तले सम्हालेर केही समयपछि होसमा आएको याद छ । अनि, गाउँका सबै जना मोहनको खोजतलासमा लागे । पछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेको सूचना प्राप्त भयो । आफन्त लिएर भोलिपल्ट मञ्जु हेर्न गइन् ।

मोहनको आठ वर्षअघि विवाह भएको थियो । उनले सुनसरी रामधुनी–८ कै मञ्जुसँग विवाह गरेका थिए । मञ्जुले यति चाँडै श्रीमान् गुमाउँदाको पीडाले उनलाई सम्हालिन धेरै दिनसम्म कुर्नुप¥यो । अहिले पनि उनी श्रीमान्को नाम लिनासाथ आँखाबाट आँसु झार्छिन्, अरु केही बोल्न सक्दिनन् । ४० वर्ष पुगेका मोहन र मञ्जुबीच प्रेम विवाह भएको थियो । उनीहरूको पाँच र अर्की सात वर्षका छोरी छन् । घर बनाउने क्रममै उनीहरुबीच चिनजान भयो, अनि मन्दिरमा विवाह भएको थियो ।

mediabaaji add

सम्बन्धित खबर

भक्तपुरमा आजदेखि बिस्केट जात्रा, ९ दिनसम्म चल्ने

काठमाडौँ । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गते सम्पन्न हुने गर्दछ ।

भक्तपुरको...

त्रिशूलीमा फेला परेको बस सिमलतालमा पहिरोले पुरेको ‘गणपति डिलक्स’

काठमाडौँ । त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ दोद्राङ बेसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पार्ट्सपुर्जा फेला परेको थियो । पार...

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फ...

सरकारी कार्यालय अपरान्ह ४ बजे बन्द हुने

काठमाडौँ । सरकारी कार्यालयको समय एक घण्टा छोटिएको छ । अबदेखि अपरान्ह ४ बजेपछि कार्यालय बन्द हुने छ । हिजो ९कात्तिक १५० सम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म थियो । शुक्रबार भने सबै महिना दिउँसो ३ बजेसम्म...

महान्यायाधिवक्ता भण्डारी निलम्बित !

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई आफ्नो संस्थाको सदस्यबाट निलम्बन गरेको छ । सार्वजनिक पदमा रहँदा विवादमा जोडिएपछि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमितिले भण्डारी...

‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाइँदै

काठमाडौँ । ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै  छ । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले &nb...