शुक्रबार, २९ साउन २०८३
नेपाली

मार्टिनेलीको इन्जुरी समयको गोलमा ब्राजिल विश्वकपको अन्तिम १६ मा, जापान पराजित

Main News Image

काठमाडौँ । अमेरिकामा जारी फिफा विश्वकप अन्तर्गत सोमबार राति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा पाँच पटकको विजेता ब्राजिलले जापानलाई २,१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको छ । निर्धारित ९० मिनेटको खेल १,१ को बराबरीमा सकिएपछि अतिरिक्त समयतर्फ धकेलिएको उक्त खेलको अन्तिम समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिलको संकट टारेका हुन् ।

खेलको सुरुवाती नियन्त्रण बलियो बनाएको जापानले २९ औँ मिनेटमा काइसु सानोको उत्कृष्ट गोलमार्फत अग्रता लिएको थियो । मिडफिल्डमा ब्राजिलका खेलाडीहरूबाट बल खोस्दै सानोले डि(बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारले सिधै जाली चुमेको थियो ।

एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफको सुरुवातमै आक्रामक रणनीति अपनायो । ५२ औँ मिनेटमा ब्रुनो गुइमारेसको सशक्त हेडरलाई जापानी गोलकिपर जायन सुजुकीले उत्कृष्ट बचाउ गरे पनि ब्राजिलले दबाब कायमै राख्यो। अन्ततः ५६ औँ मिनेटमा ग्याब्रिएल मागाल्हेसको पासलाई सदुपयोग गर्दै भेट्रान मिडफिल्डर क्यासेमिरोले हेडरमार्फत गोल गरी खेललाई १,१ को बराबरीमा ल्याए। त्यसको दुई मिनेट लगतै जारी विश्वकपमा उत्कृष्ट लयमा रहेका भिनिसियस जुनियरले ब्राजिललाई अग्रता दिलाउने सुनौलो अवसर पाएका थिए, तर उनको प्रहारलाई जापानी किपर सुजुकीले विफल पारिदिए ।


mediabaaji add

सम्बन्धित खबर

क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाण्डौँ । नेपाल क्रिकेट संघ क्यानले सन् २०२६ को आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ । क्यानले विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो ।

विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसियाप्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा...

इटालीविरुद्ध नेपालको लज्जास्पद हार

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । नेपालले कमजोर आँकिएको इटालीसँग १० विकेटको हार बेहोरेको हो । पहिलो खेलमा दुई पटकको च्याम्पियन इङ्गल्याण्डमाथि च...

आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : खेल तालिका सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपालमा आयोजना हुने आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’...

फाइनलको आशा जीवित राख्न नेपाल आज भुटानसँग भिड्दै

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा जारी १९ वर्षमुनिको यू–१९ साफ महिला च्याम्पियनसीप अन्तर्गत आज लिग चरणका दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । पहिलो खेलमा दक्षिण एसियाली फुटबलका दुई बलिया प्रतिद्वन्द्वी बङ्गलादेश र भारतबीच मध्याह्न १२...

एनपिएलको तयारी पूरा : ३५ करोड उठ्ने क्यानको दाबी

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस ख...