बुधबार, ३१ असार २०८३
नेपाली

पार्टी एकताको निर्णय अनुमोदन गर्न माओवादीको बैठक बस्दै

Main News Image

काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । भोलि हुन लागेको नौ वाम दलबीचको एकता अनुमोदनका लागि माओवादीले बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्ने तय भएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीसहित नौवटा वाम दलबीच हुन लागेको एकताप्रति भने पार्टीभित्रै असन्तुष्टि छ । नेता जनार्दन शर्माले उक्त एकतामा सहभागी नहुने स्पष्ट पारिसकेका छन् ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा नेता जनार्दन शर्माले प्रचण्डसँगको ४० वर्षे सहकार्य अन्त्य गर्ने निर्णय सुनाउँदै अब आफू आफ्नो ढंगले अघि बढ्ने बताएका छन्। यता, एकीकृत समाजवादीमा पनि झलनाथ खनाल, घनश्याम भुसाल सहितका नेताले एकताप्रति असहमती जनाएका छन्।

mediabaaji add

सम्बन्धित खबर

सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबीच भेटवार्ता भएको छ । बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायत समसामयिक विषयमा कुराकान...

गगनले भने_"हामी नै आधिकारिक कांग्रेस हौं"

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले कारबाही गरेपछि महामन्त्री गगनकुमार थापाले आफूहरू नै आधिकारिक कांग्रेस भएको प्रतिक्रिया दिएका छन् । विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको उनको भनाइ छ ।

‘हा...

बालेन प्रधानमन्त्री हुनुअघि नै नेवि संघको चेतावनी : आगोको गोलामा हात नहाल्नु

काठमाडौँ । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ नेविसंघले विद्यार्थी संगठनहरू खारेज गर्ने कुनै पनि प्रयास नगर्न भावी सरकारलाई कडा चेतावनी दिएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेविसंघको सिनेट बैठकमा बोल्दै अध्यक्ष दुजाङ शेर्पाले यस्तो कदम चालिए...

कांग्रेसमा झन्डै ३ लाखले गरे क्रियाशील सदस्यता अद्यावधिक

काठमाडौँ । नेपाली काङ्ग्रेसका झन्डै ३ लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् । ‘जरा अभियान’अन्तर्गत गत वैशाख १ गते सुरु भएको सदस्यता अद्यावधिक सुरु गरेको थियो । पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, उक्त अभियानमा झ...

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौं : उज्यालो नेपाल पार्टी

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्न दुई दिने विशेष समीक्षा कार्यक्रम गरेको छ । फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा भएको छलफलमा अधिकांश वक्ताहरुले प्र...

राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाका बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन पहिलो संशोधन अध्यादेश र नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेशलाई सर्वस...