सवोच्चको आदेशले अन्योलमा मधेश प्रदेश
जनकपुर । मुख्यमन्त्री नियुक्ति सम्बन्धी रिटमा मंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमा अन्योल सृजना भएको छ । मंगलबार सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । सो आदेश पछि मुख्यमन्त्री यादव समर्थकहरु खुसी मनाउँदै छन् ।
अदालतले मुख्यमन्त्री यादवलाई नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न मात्र भनेको तर मुख्यमन्त्री पदमा भने यादव तत्काल रहने भनेकाले मुख्यमन्त्री यादव समर्थक एमालेका सांसद, नेता तथा कार्यकर्ताहरुमा खुसी छाएको छ । सामाजिक सञ्जालमा उनीहरुले खुसी व्यक्त गर्दै मुख्यमन्त्री यादवको जीत भएको भन्दै बधाई दिइरहेका छन् ।
यता विपक्षीदलहरुलाई हेर्दा पनि उस्तै देखिन्छ । जितेन्द्र सोनल पक्षका ७ राजनितिक दलहरुले पनि अदालतको आदेशले आफूहरुको जित भएको भन्दै खुसीयाली मनाईरहेका छन् । अदालतले मुख्यमन्त्री यादवलाई नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्नु भनेकोले विपक्षी दलहरुमा खुसी छाएको छ। अब प्रदेश सभामा मुख्यमन्त्री यादवले विश्वासको मत लिन आए उनलाई हामी जवाफ दिने जसपा नेपाल मधेश प्रदेशक सचेतक एवम मधेश प्रदेश सभा सांसद राम अशिष यादवले बताए ।
हिजो सवोच्चले दिएको आदेमा मंसिर ११ गतेका लागि अन्तिम सुनुवाइ तोकेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा। नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हिजो अन्तरिम आदेश जारी गर्दै उक्त मितिमा पूर्ण इजलासमा मुद्दा पेश गर्ने निर्णय गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बजार अनुमगनलाई तीव्र पार्दै विभाग
काठमाडौँ । चाडबाडको समयमा मात्रै बजार अनुगमन गरेको र अन्य समयमा भने चुपचाप बस्ने गरेको भनेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागप्रति गुनासो हुने गरेको थियो। तर, विभागका पछिल्ला गतिविधि र बजार अनुगमनलाई आयोजकले...
आन्तरिक विवादले परीक्षा रोकिएपछि वीरगञ्जको हरि खेतान क्याम्पस तनावग्रस्त
वीरगञ्ज । वीरगञ्जको प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था हरि खेतान बहुमुखी क्याम्पस अहिले रणमैदानमा परिणत भएको छ । क्याम्पस सञ्चालक समिति र प्राध्यापक संघबीचको आन्तरिक शक्ति संघर्ष र खिचातानीका कारण करिब ४ हजार विद्यार्थीको भविष्य अन्धकारतर्फ धकेलि...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई आज मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति व...
नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते
काठमाडौँ । नेपालगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहको स्वागतका लागि आएका समर्थकहरू विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् । बालेन चुनाब प्रचारका लागि पश्चिम नेपाल जाँदा उनका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा वि...
नेपालमा विपद्को घटनाबाट नौ महिनामा चार सय २४ को मृत्यु
काठमाडौँ । नेपालमा गत वैशाखदेखि हालसम्मको अवधिमा विपद्का घटनाले ठूलो जनधनको क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा देशभर कुल ५ हजार ९६६...
नागढुंगा-मलेखु सडक आजबाट खुला, काम जारी
काठमाडौँ । नागढुंगा– मलेखु सडक खण्ड आजबाट केही दिन खुला रहने भएको छ । नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको र धादिङको गल्छी–गजुरी खण्डमा पर्ने अप्ठ्यारो पहाड कटिङको...



