दलका नेतालाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई माधव नेपालको सुझाव
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्। मंगलबार काठमाडौंमा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले घोषणा गरेको निर्वाचनलाई निष्पक्ष र मर्यादीत बनाउन आफुहरुले पनि सहयोग गर्ने भन्दै राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन्।
उनले संविधानलाई संशोधन गर्दै संघीयतालाई परिस्कृत र सुधार गर्न सकिने भन्दै संविधान सुधारको पक्षमा बृहत राजनीतिक छलफलको आवश्यकता रहेको धारणा राखे। अध्यक्ष नेपालले सवै राजनीतिक दल र नेताहरुलाई उस्तै(उस्तै नठान्न आग्रह समेत गरे।
उनले सुशासन, भ्रष्टाचारको अन्त्य लगाएत जेनजी पुस्ताको मागप्रति यसअघिको सरकार गम्भीर नभएका कारण युवाहरु सडकमा आउनुपरेको र सो क्रममा दुखद घटना भएको उनले बताए। उनले जेनजी आन्दोलनमा भएको घुसपैठको छानविन गरेर दोषिमाथि कडा कारवाही गर्नुपर्ने जिकिर गरे। त्यसैगरि उनले जेनजी पुस्ताहरुको आन्दोलनका क्रममा गोली चलाउने काम पनि निन्दनीय भएकाले त्यसको पनि उचित छानविन हुनुपर्ने धारणा राखे। संविधान र गणतन्त्रमाथि आँच आउने काम कसैपनि गर्न नहुने उनको भनाइ छ।
एक्सप्रेस
सम्बन्धित खबर
सन्तोष, सुदन र मानुषीलगायतका नेता मिलेर दल दर्ता गर्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट राजीनामा दिएका नेता सन्तोष परियारले नयाँ राजनीतिक दल गठन गर्ने भएका छन् । उनले मानुषी यमी भट्टराई र सुदन किराँती लगायतका नेताहरूसँग मिलेर नयाँ पार्टी बनाउने तयारी थालेका...
रास्वपामाथि सिके राउतको व्यंग्य: तीन महिनाको भिजन नभएकाले देश कहाँ पुर्याउने?
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रास्वपाप्रति लक्षित गर्दै तीन महिनाको समेत स्पष्ट भिजन नहुनेले देश चलाउने हो भने भविष्य असुरक्षित हुने टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले ‘स्वतन्त्र राजनीति’ को नारा लगाएर पछि पार्टीमै समाहित भ...
जेनजी आन्दोलनका घाइतेको चैत २० गते अन्तिम वर्गीकरण गरिने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यव...
एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता
काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको दल नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको छ । बुधबार एमालेले निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएको हो । एमालेले नियमित प्रक्रियाको रू...
सबै मतदान केन्द्रमा प्राथमिक उपचार सेवा अनिवार्य उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । यसका लागि अस्पताल तथा स्वास्थ्य...
जेनजी आन्दोलनको जिम्मा केपी शर्मा ओलीले लिनुपर्छ : भीम रावल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता डा। भीम रावलले जेनजी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब न...



