शनिबार, ०२ साउन २०८३
नेपाली

एल आइ सी नेपालको चौथो एकता अधिवेशन सम्पन्न

Main News Image

अडियोमा सुन्नुहोस्

© रविन्द्र लामिछाने (नवीन) 

मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर ५। एल आइ सी नेपालको चौथो एकता अधिवेशन सम्पन्न भएको छ। लामो समयदेखिको विवाद र रस्साकस्सी अन्त्य गर्दै गत मंगलबार चितवनको सौराहामा पेशागत बीमा अभिकर्ता संघ बीमक समिति एल आई सी नेपालको गतवर्ष चैत जनकपुरमा सम्पन्न अधिवेशनका पक्षधर र पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिबाट गठित समिति पक्षधर दुबैको भव्य सहभागितामा सर्वसम्मत ढंगले संयुक्त रुपमा एकताको चौथो अधिवेशन सम्पन्न भएको हो ।

उक्त अधिवेशनको समन्वय गर्न गठित अधिवेशन समितिका संयोजक श्री दीपक अर्यालको सभापतित्व र पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष श्री केदारनाथ अधिकारीको प्रमुख आतिथ्यता र अधिवेशन समन्वय समितिका सह-संयोजक श्री सूर्य भट्टराई सदस्यहरू श्री ऋषिकेश पोख्रेल,अम्बिका गौतम र सीता दाहाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।उक्त अधिवेशनले श्री रामकुमार अधिकारीको अध्यक्षतामा ३२ सदस्यीय कार्य समिति गठन गरेको छ ।

लामो विवाद र द्वन्दलाई सुरक्षित निष्कर्षमा पुर्‍याउन विशेष भूमिका निभाएकोमा समन्वय समिति संयोजक दीपक अर्याल लगायतको टिमलाई नवनिर्वाचित कार्यसमितिले धन्यवाद ज्ञापन गरेको थियो साथै नवनिर्वाचित कार्यसमितिले बीमा व्यवसायको शुद्धिकरण र संगठनको सुदृढ़ीकरणमा सम्पूर्ण रुपले लाग्ने अठोट गर्दै संगठनले सबैलाई समान व्यवहार गर्ने,अभिकर्ताहरूको हकहित र बीमितहरूको लगानीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय समेत नवगठित समितिको पहिलो बैठकले गरेको जानकारी अध्यक्ष श्री रामकुमार अधिकारीबाट प्राप्त भएको छ ।

mediabaaji add

सम्बन्धित खबर

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा प्रस्तुत गरिने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताएका छन् । अर्थमन्त्री वाग्लेले वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै सरकारको नीति राजनीतिक सुशासनस...

हर्मुज जलमार्ग पूर्णरूपमा बन्द हुँदा बीच बाटोबाटै फर्किए तेल ट्याङ्कर

काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै स्थिति पुनः बिग्रिएपछि इरानले तेल आयातका लागि महत्त्वपूर्ण मानिने स्ट्रेटअफ हर्मुज जलमार्ग पूर्णरुपमा बन्द गरेको छ । लेबनानमा इजरायलले गरेको भीषण आक्रमणको प्रतिक्रियास्वरूप इरानले य...

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको छ ।

मङ्गलबार एक तोला छापावाल...

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकममध्ये हालसम्म रु पाँच अर्ब १८ करोड दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ । नेपाल बिमा प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै निर्जीवन बिमा कम्पनीमा परेका कूल तीन हजार ३०३...

आइतबार विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरो...

भुजुङ्ग हाइड्रोपावरको २० लाख कित्ता आईपीओ आउँदै

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड सेबोनले भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यका २० लाख...