सस्तोमा पाइयो भन्दै घरजग्गा नकिनौं, सार्वजनिक जग्गामा बनेको हो वा होइन ? जाँचौं
रुषा थापा_________________
भक्तपुर । सामाजिक सञ्जाल, पत्रपत्रिकालगायतमा घरजग्गा एकदमै सस्तो मूल्यमा बेचबिखनका खबरहरु देखिन्छन् । घरजग्गा व्यवसायी तथा दलालहरु पनि घरजग्गाको मूल्य निकै घटेको बताउँछन् । पाँच वर्षअघि ठाउँअनुसार आनाको २५ लाखदेखि २० करोडसम्म किनमेल भएको जग्गा अहिले त्यसको आधाभन्दा कम मूल्यमा समेत नबिक्ने बताइन्छ ।
घरजग्गाको मूल्य भूमाफियाहरुले कृत्रिम रुपमा बढाएका थिए । रोपनीको पाँच–दश हजारमा खेतीयोग्य जमिन किनेर उनीहरुले डोजर चलाए । र, टुक्राटुक्रा पारेर आनाकै लाखौं–करोडौंमा बेचे । एक रोपनीमा १६ आना जग्गा हुन्छ । खेतीयोग्य जमिन त सिध्याए नै सँगै सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी? वनजंगल, मठमन्दिरलगायतको जग्गासमेत दर्ता गरेर लगे ।
राजकुलो, कुँवा, पोखरी, ताल, राजपरिवार, पाटीपौवा, चौतारी, इनार, खोलानालासमेत उनीहरुले छोडेनन् । घरजग्गाको मूल्य घट्नुमा थुप्रै कारण छन् । कृत्रिम मूल्य त भइहाल्यो, मूल्य घट्नुमा कर्जा नउठ्नु पनि कारण हो । ९५ प्रतिशत सर्वसाधारणले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर घरजग्गामा लगानी गरेका छन् । एकै जनाले करोडौं कर्जा लिएका छन् । यहाँ एउटै व्यक्तिले दुईदेखि ६८ वटासम्म घर रहेको पाइन्छ । जग्गा पनि उत्तिकै ।
मानिसहरुले ऋण लिईलिई घरजग्गामा लगानी गरे । तर, बुढापाकाले ऋण भनेको घिन हो, रुखमुनिको बाली कहिले फल्दैन, ऋण लिने मान्छे कहिले उभो लाग्दैन भनेझैं भयो । चाँडो नाफा कमाउन मानिसहरुले धमाधम ऋण लिँदै घरजग्गा त किने वा बनाए । बैंक, वित्तिय संस्थाले पनि घुस खाएर यो क्षेत्रमा आँखा चिम्लेर लगानी गर्यो । अहिले तिनै सर्वसाधारण र बैंक, वित्तिय संस्था भाग्नुपर्ने अवस्थामा पुगेका छन् ।
ऋण तिर्न नसकेपछि अधिकांश मानिसहरुले हात उठाइसके । तर, बैंकले पनि कति जनाको घरजग्गा लिलाम गर्ने ? लिलाम गरिएका घरजग्गा फेरि कसले किन्ने ? बैंकले आधाभन्दा बढी कर्जा घरजग्गामा लगानी गरेको छ । ती सबैजसो ऋणले हात उठाइसके । धितो लिलाम गर, ऋण मिनाहा गर भन्न थालेका छन् । यद्यपि, घरजग्गाको मूल्यमा पहिलेभन्दा निकै गिरावट आइसकेको छ ।
करोडौंको घरजग्गामा लाखमा झरिसक्यो । अझै मूल्य घट्ने देखिन्छ । अर्कोतर्फ, घरजग्गा किनबेच पनि ठप्प छ । बजारमा घरजग्गा बेच्न हिँडेका मान्छे त थुप्रै पाइन्छन्, किन्ने कोही छैनन् । यसले बैंक, वित्तिय संस्थाले लिलाम गरिएका घरजग्गाबाट ऋण उठ्ने अवस्था छैन । ऋण नउठ्नु भनेको बैंक डुब्नु हो भने बैंक डुब्नु बचतकर्ता डुब्नुसरह हो । तत्कालिन राजा महेन्द्रले वि.सं. २०२१ सालमा भूमि ऐन ल्याए । त्यसपछि देशभर जग्गा नापी थालियो ।
ऐनमा लालपूर्जाको व्यवस्था गरिएको थियो । र, सरकारी टोलीले २०२१, ०२८ र ०३२ सालमा देशभर जग्गा नापी गरेर जनताको जग्गाको लालपूर्जा जनतालाई नै दियो । बाँकी जग्गा सरकारी, गुठी, ऐलानी, हदबन्दी, वनजंगललगायतका रुपमा सरकारको नाममा राखियो । काठमाडौंमा ०२१ सालमा जग्गा नापी भएको थियो ।
काठमाडौं महानगरपालिका–२९, कालिस्थान बासघारीमुनि पुतलीसडकको जग्गालाई सरकारको भनि राखिएको थियो । त्यहाँ ठूलो बासघारी थियो । अहिले फाँडेर अधिकांश जग्गामा संरचना बनाइएको छ त थोरै जमिनमा केराघारी छ । सँगै कालिस्थान र पिपलबोट अगाडिको सरकारी जग्गा र ढुंगेधारा, पोखरी पनि कब्जा भएको छ ।
ढुंगेधारा, पोखरी मासेर घर ठड्याइयो । घट्टेकुलोमा पानीघट्ट वा राजकुलो नै थियो । त्यो अहिले कतै देखिन्न । ०२९ सालसम्म धोवीखोला बगेर सिंहदरबार चोकसम्म आइपुग्थ्यो भन्नेहरु अहिलेपनि छन् । अहिले धोवीखोला कुलोमा परिणत भइसक्यो । हनुमानथानमा पनि केही दशकअघि पोखरी, ढुंगेधारासँगै मन्दिर नै रहेकोमा अहिले गायब छ । भोटेबहाल, सुन्धारामा पनि पोखरी थियो । अनामनगरस्थित हाल बिगमार्ट रहेको ठाउँमा पहिले आल र मन्दिर रहेको बताइन्छ ।
अनामनगरकै भाटभटेनी, धोवीखोला, बिजुलीबजार, बबरमहल, रातो भाले, काठमाडौं सिडिओ कार्यालय, माइतीघर र अन्नपूर्ण अस्पताल सञ्चालितसहित आसपासको जग्गा सरकारी भएको रैथाने स्थानीय दाबी गर्छन् । उता, मैत्रीदेवीमा पेट्रोल पम्प सञ्चालितसहित छेउछाउ घरलगायत संरचना बनेका जमिन पनि सरकारी नै रहेको बताइन्छ ।
गौशालाको सिफलचौरमुनि भण्डारखाल, माइती नेपालस्थित विजय चोक, संगम चोक, पिगंलथानलगायतको हजारौं रोपनी सरकारी जग्गा पनि व्यक्तिका नाममा गएको छ । मुलुकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारकै जग्गासमेत कब्जा भएको अवस्था छ । सिंहदरबार पछाडिको सबै जग्गा व्यक्तिका नाममा गइसकेको छ । ०४६ सालअघि घोडा पाल्न भनी राखिएको जग्गामा अहिले घरैघर देखिन सकिन्छ ।
यो त काठमाडौंको मात्र हो । काठमाडौं उपत्यकामा ६३४ वटा ढुंगेधारा थिए । हजारौं पोखरी, आल, कुँवा, राजकुलो, इनार, पार्टीपौवा, चौतारा थिए । हजारौं मठमन्दिर थिए । अहिले कता छ ? कसैलाई थाहा छैन । यतिसम्म कि मरेका मान्छे जलाउने आर्यघाटको जग्गासमेत व्यक्तिका नाममा लगियो । देशभरिका लाखौं रोपनी सरकारी जग्गा व्यक्तिको कब्जामा छ । खोला कब्जा लगेर पा खोलामाथि नै घर ठड्याइएको भेटिन्छ ।
०६५ मंसिर १ गतेको क्याबिनेट बैठकले खोलाको २० मिटर दायाँबायाँ घरलगायत संरचना बनाउन नपाइने निर्णय गरेको थियो । ०८० पुस ३ र ०८२ माघ ४ गतेको सर्वोच्च अदालतको फैसलाअनुसार ती २० मिटरभित्र बनेका संरचना सरकारले भत्काउनुपर्ने छ । ०८१ मंसिर २८ गतेको मन्त्रिपरिषद् बैठकले भवन निर्माण तथा नक्सा पाससम्बन्धी ०६४ को मापदण्ड खारेज गर्दै ०८१ पारित गर्यो । जुन राजपत्रमा प्रकाशित भइसक्यो ।
यो मापदण्डअनुसार अब घर तीन पटी जोडेर बनाउन पाइँदैन । घर बनाउँदा ४० प्रतिशत खुल्ला ठाउँ छोड्नुपर्छ । र, पहिले घर बनाउँदा १० मिटर बाटोका निम्ति छोड्नुपर्नेमा सात मिटर थप गरिएको छ । यस्तै, पहिले ट्रान्सफर्मरको ९ मिटर टाढा घर बनाउन पाउनेमा १५ मिटर बनाइएको छ भने हाइटेन्सनको २५ मिटर रहेकोमा ३५ मिटर कायम गरिएको छ ।
यी सन्दर्भ घरजग्गाको मूल्य घट्नुसँग कसरी सम्बन्धित छ ? भन्नुपर्दा वालेन सरकार तातिनु हो । सरकारले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने तयारी गरेसँगै मानिसहरुले सार्वजनिक जग्गामा बनेका आफ्ना घर, भवनलगायत संरचना सस्तोमा बेच्न कस्सिएका हुन् । त्यसैले, आम नागरिक सचेत हौं । सस्तोमा पाइयो भनेर नकिनौं, फेरि फेसिएला । सरकार पनि जनतालाई सचेत गराउनुपर्यो ।
एक्सप्रेस
सम्बन्धित खबर
नेप्सेमा ४२.५८ अंकको गिरावट, १४ अर्ब १६ करोड माथिको कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १६ करोड ७१ लाखको सेयर कारोबार भएको छ । आज ३४ कम्पनीको सेयर मू...
यस साता सामान्य अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ०.८९ अंकले बढेर २६४१.४३ विन्दुमा आईपुगेको छ । गत साता २६४०.५४ विन्दुमा बन्द भएको नेप्से यो साता ०.८९ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको हो । यस साता तीन कारोबार दिन मात्र बजार खुलेको थियो । जसमा दुई कारोबार दिन नेप्...
मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ प...
आज ८.१६ अंकले घट्यो नेप्से, ७ अर्ब ९४ करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९४ करोड २७ लाखको सेयर कारोबार भएको छ । आज ८६ कम्पनीको सेयर मूल्...
नेप्सेमा ९.२३ अंकको वृद्धि, ९ अर्ब माथिको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज १६२ कम्पनीको सेयर मूल...
डेडिकेटेड ट्रंकलाइन महसुल भुक्तानीमा सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्रीको कार्यालयले डेडिकेटेड ट्रंक लाइनको महसुल भुक्तानीका विषयमा सहजीकरण गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले कात्तिक २१ गते ऊर्जा मन्त्रालय...


