बुधबार, ३१ असार २०८३
नेपाली

लेखजङ्ग थापाको ५० हजार भन्दा बढी मतान्तरको रेकर्ड

Main News Image

काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा लेखजङ्ग थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार थापाले अत्यन्तै फराकिलो मतान्तरले जित हासिल गरेका हुन्। उनले कुल ५८ हजार ८१४ मत प्राप्त गरी विजयी बनेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत मात्र पाएका छन्। थापा र गुरुङबीचको मतान्तर ५० हजार ३७९ रहेको छ। यस्तै, नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवार गौरव बोहराले ७ हजार ७८९ मत पाएका छन् ।

रुपन्देहीको यो क्षेत्रमा रास्वपाका डा थापाले एमाले, कांग्रेस र राप्रपाका उम्मेदवारहरूले पाएको कुल मतभन्दा पनि दोब्बर बढी मत ल्याएर नयाँ रेकर्ड कायम गरेका छन्। मधेस र पहाडको संगम मानिने यस क्षेत्रमा ुघण्टीु को यो सुनामीले पुराना राजनीतिक शक्तिहरूलाई स्तब्ध बनाएको छ। अहिले भैरहवा र आसपासका क्षेत्रमा रास्वपाका समर्थकहरूले विशाल विजय जुलुस निकालिरहेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

प्रधानमन्त्रीको सचिवालयले भन्यो : नियुक्तिहरूमा अनावश्यक विवाद झिकियो

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले नियुक्तिको विषयमा प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई अनावश्यक रुपमा मुछिएको जिकिर गरेको छ । चौतर्फी आलोचनापछि प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले सोमबार बिहान विज्ञप्ति जार...

अशोक राई नेतृत्वको जसपा विभाजन, बहुमत केन्द्रीय सदस्य जसपा नेपालमा समाहित

काठमाडौँ । जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादवसहित बहुमत केन्द्रीय सदस्यहरु जनता समाजवादी पार्टी नेपालसँगको एकीकरण प्रक्रियामा समाहित भएका छन् । जसपाकी सह अध्यक्ष यादल र र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताको सम्झौतामा हस्ताक...

आचारसंहिता अनुमगनका लागि अनुमगन अधिकृत तोकियो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ। सहायक प्रमुख ज...

एमालेले आजपनि प्रदर्शन गर्ने

मिडियाबाजी डटकम, काठमाडौँ । नेकपा एमालेले आज पनि काठमाडौँको माइतीघर मण्डलमा सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर...

विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर : मन्त्री घिसिङ

काठमाडौं । अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगामी साता चीन जाँदै

काठमाडौँ । छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार मात्र स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाने भएका छन् ।

नयाँ सरकार गठन भएपछि कूटनीतिक सक्रियता बढाउँदै लगेका मन्त...