आइतबार, २१ भदौ २०८३
नेपाली

धुर्मुसलाई रंगशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा

Main News Image

चितवन । धुर्मुससुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ । संघीय सरकारले रु १५ करोड बजेट विनियोजन गरे पनि कानुनी व्यवधान आउँदा भुक्तानी गर्न नसकेको महानगरपालिकाले स्पष्ट गरेको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संघीय सरकारले सिर्जित सम्पत्ति खरिद गर्न भनेर महानगरलाई रु १५ करोड बजेट व्यवस्था गरेको बताए। उनका अनुसार सिर्जित सम्पत्ति खरिद शीर्षकमा रकम छु्ट्याएको र यसरी छुट्याइएको रकम सार्वजनिक खरिद ऐनबमोजिममात्र खर्च गर्न पाइने व्यवस्था छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले अनुदान भनेर बजेट प्रबन्ध गरेको भए महानगरलाई भुक्तानी दिन सहज हुने थियो भन्दै रंगशालाको निर्माण सार्वजनिक खरिद ऐनअनुसार नगरिएकाले कसरी पैसा भुक्तानी दिने भन्नेमा नीतिगत अन्योल भएको बताए। उनले भने, ‘फाउन्डेसन मूल्य अभिवृद्धि कर ९भ्याट०मा दर्ता भएको संस्था नभएको र सार्वजनिक खरिद ऐनअनुसार रकम भुक्तानी गर्दा ‘भ्याट’ तिर्नुपर्ने भएकाले पनि यो विषय पेचिलो बनेको हो।’

निर्माणको समयमा महानगरपालिकाले अनुदानका रूपमा फाउन्डेसनलाई रकम दिएको थियो। तत्कालीन समयमा महानगरको आफ्नै स्रोतको रकम भएकाले आफैँले कार्यविधि बनाएर भुक्तानी गरेको भए पनि अहिले संघबाट आएको रकम संघीय कार्यविधिअनुसार मात्र भुक्तानी गर्न मिल्ने पौडेलले बताए। उनले भने, ‘पहिले फाउन्डेसनलाई बजेट दिन मिल्ने, अहिले किन नमिल्ने रु भन्ने प्रश्न छ, पहिले हामीले आफ्नै स्रोतबाट कार्यविधि बनाएर अनुदान दिएका थियौँ। अहिले संघीय बजेट हो। संघीय ऐन, कानुन र कार्यविधिभित्र रहेरमात्र भुक्तानी दिनुपर्छ।’

यस विषयमा थप स्पष्ट हुन आफूहरूले संघीय सरकारअन्तर्गत अर्थ मन्त्रालय र खेलकुद मन्त्रालयमा पत्राचार गरेको भए पनि ती दुवै संस्थाबाट थप राय आवश्यक नरहेको भन्ने जवाफ पाएको उनले जानकारी दिए। महानगरले गत कात्तिक २१ गते यस विषयमा थप स्पष्ट हुनका लागि अर्थ मन्त्रालयमा पत्रचार गरेको थियो। जसको जवाफ मन्त्रालयले कात्तिक २४ गते पठाएको छ। यसैगरी महानगरले कात्तिक २८ गते पुनः खेलकुद मन्त्रालयमा पत्राचार गरेको थियो। खेलकुद मन्त्रालयले कात्तिक ३० गते जवाफ दिएको थियो।

mediabaaji add

सम्बन्धित खबर

पाकिस्तानद्वारा टी-२० विश्वकपको खेल बहिष्कार

काठमाडौँ । पाकिस्तानले टी-२० विश्वकपको कम्तीमा एक खेल बहिष्कार गर्ने भएको छ । पाकिस्तान सरकारले आफ्नो क्रिकेट टोलीले टी-२० विश्वकपमा फेब्रुअरी १५ मा भारत विरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेको छ ।

आइसिसी टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत...

स्कटल्यान्डविरुद्ध नेपाललाई ७ विकेटको जित

काठमाडौँ । टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सात विकेटको जित हासिल गरेको छ । टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। नेपाललाई स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएकोमा नेपालले सात विकेटको जित निकालेको हो ।

स्कटल्य...

टि -ट्वान्टी विश्वकप तयारी : २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौँ । भारत र श्रीलंकामा माघ २५ देखि फागुन २४ गते २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले आजबाट तयारी सुरु गर्ने भएको छ । यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क...

मध्यपूर्वको तनावले स्थगित भयो नेपालमा हुने त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ । मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका लागि स्थगित गरिएको क्यानद्वारा...

मेसीले फाइनलमा गोल गर्ने निश्चित छ– एम्बाप्पे

काठमाडौँ । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई बढी महत्व दिएको बताएका छन् । सेमिफाइनलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वकप फाइनलमा लियोनल मेसीले गोल गर्नेमा आफू विश्वस्त रहेको बताए।

एम्बाप्...

आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली टोली सुपर ८ दौडबाट बाहिरिए

काठमाण्डौँ । भारत र श्रीलंकामा जारी आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो हार व्यहोरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली सुपर ८ दौडबाट बाहिरिएको छ।

आइतबार भएको समूह चरणको तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल सुपर ८ दौडबाट...