मङ्गलबार, ०५ साउन २०८३
नेपाली

तृषित मन' हाइकु / सेन्युसङ्ग्रहको लोकार्पण

Main News Image

काठमाडौँ। कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा निकै लोकप्रिय देखिन्छ। हाइकु र सेन्युको सङ्क्षिप्तता र गुणवेत्ताका प्रभावले नेपाली साहित्यमा सयौँ हाइकुकार र केही सेन्युकारहरू देखा परिरहेका छन् ।यसै क्रममा काठमाडौँका ६६ वर्षीय प्रदीप केसी (सञ्जेल)ले 'तृषित मन'हाइकु /सेन्युसङ्ग्रह प्रकाशनमा ल्याउनु भएको हो।उहाँले हाइकु र सेन्यु गरी ९५८ वटा रचनालाई आफ्नो कृति 'तृषित मन'मा समेेट्नुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य ,वरिष्ठ समालोचक तथा कवि डा. मधुसूदन गिरीले 'तृषित मन' हाइकु /सेन्यु सङ्ग्रहको लोकार्पण गर्दै हाइकु र सेन्युलाई बौद्धिक जडताभन्दा पनि सरल र सहज किसिमले रचना गर्न जोड दिनुभयो । हाइकु रचना प्रकृतिलाई हेर्ने जीवन दर्शन भएकाले यसमा नेपाली मौलिकता ,माटो र समाजको सुगन्ध आउनुपर्ने विचार व्यक्त गर्दै हाइजिन प्रदीप केसीका हाइकु र सेन्युमा समाजको विविधता आउनु भनेको तृषित मनको महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो ।


विशेष अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान प्राज्ञसभा सदस्य,नेपाल हाइकु सङ्घका केन्द्रीय अध्यक्ष तथा 'तृषित मन'हाइकु /सेन्युसङ्ग्रहका भूमिकाकार चेतनाथ धमलाले लघुतम हाइकु र सेन्युको संरचना र सिर्जनशीलता बारे प्रष्ट पार्दै हाइकुकार प्रदीप केसीको रचनाधर्मिता बारे प्रकाश पार्नुभयो ।

अतिथि त्रय नेपालभाषाका हाइकुकवि तथा स:दबू साहित्य ललितपुरका संयोजक सुधीर ख्वबी ,प्रलेसका केन्द्रीय पार्षद सृजना सरोवर र पूर्व बिगेडियर जनरल रामचन्द्र खत्रीले कृतिगत शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा 'तृषित मन' हाइकु /सेन्यु सङ्ग्रहका स्रष्टा प्रदीप केसीले आफूले प्रकृति र धार्मिक सांस्कृतिक पक्षलाई आत्मसात् गर्दै तिनको सिर्जना गरेको बताउनुभयो । केसी शुभेच्छुकहरूबाट सम्मानित समेत हुनुभयो ।

उक्त सङ्ग्रहका प्रकाशक ,मानव अधिकार तथा एकल महिला समूहका केन्द्रीय सदस्य प्रतिभा विष्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । स्वयम्भू कारखानाचोकमा रहेको क्वालिटी दरबार रेस्टुरेन्टमा ऐरावती प्रकाशनले कार्यक्रमको आयोजना गरेको थियोे।प्रकाशनका अध्यक्ष तथा कवि रामदेव पाण्डेले आकर्षक ढङ्गबाट कार्यक्रमको सञ्चालन गर्नुभयो ।

सम्प्रेषण : चेतनाथ धमला

mediabaaji add

सम्बन्धित खबर

इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ - कुलपति राई

      • नेपाल -प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वाराआयोजित मातृभाषा साहित्यको ३० ओैँ शृङ्खलामा सिर्जना,संवाद , विमर्श ,कविता वाचन तथा ज्योमोलाङ्मा' सार्वजनिकीकरण प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्...

स्रष्टा छुकांको ‘ताथली, भूगोलदेखि लोकसंस्कृतिसम्म’ लोकार्पण

काठमाण्डौँ । इतिहास विगतको दर्पण मात्र होइन, समाजको साझा स्मृति पनि हो। यसका साथै संस्कृति परम्पराभन्दा बढी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनपद्धति हो । जब यी दुवैलाई समयमै अभिलेखीकरण गरिँदैन, समाजले आफ्नो मौलिक परिचय पनि बिस्तारै गुमाउँदै जा...

गिरीको गजल ऋण लागेपछि !

बाँच्ने भन्दा नि मर्ने , बनाउँछ ऋण लागेपछि

गह भरि आँसु भर्ने, बनाउँछ ऋण लागेपछि


जन्म घर , माया मोह र बुढी आमा छोडेर 

रुदैँ खाडीमा झर्ने , बनाउँछ ऋण लागेपछि


घरबारी सुम्पिएको त्यो ज्याद्रो तमसुक सम्...

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाण्डौँ । पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो । काठमाडौँको चियासागरमा पत्रका...

कुलपति भूपाल राईद्वारा धरान स्रष्टा पार्कको समूद्घाटन र १३ जना सष्टाको प्रतिमा अनावरण

प्राज्ञ चेतनाथ धमला

   धरान,चैत्र १३ गते, शुक्रबार। सुनसरीस्थित 

 धरान उपमहानगरपालिका वडा नं १३ मा निर्माण गरिएको स्रष्टा पार्क नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्घाटन तथा प्रतिमा अनाव...

फिदिम माविमा ‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न

पाँचथर ,फिदिम। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको उपस्थितिमा पाँचथर सदरमुकाम फिदिमस्थित फिदिम माध्यमिक विद्यालयमा बिहीबार अन्तरक्रिया तथा कविगोष्ठी सम्पन्न भएको छ। 


‘विद्यालयमा कुलपति’ शृङ्खलाअन्तर्गत आयोजित उक्त...