शुक्रबार, ०१ साउन २०८३
नेपाली

झापाका ५ वटै क्षेत्रमा श्रम संस्कृति पार्टीको उम्मेदवार छनौट

Main News Image

काठमाण्डौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले आगामी निर्वाचनका लागि झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको नाम तय गरेको छ । ‘श्रमको सम्मान र स्वावलम्बी राजनीति’ को नारालाई प्राथमिकता दिँदै आएको यस पार्टीले झापामा प्रतिनिधिहरूलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको साम्पाङका सहयोगीले बताएका छन् ।

​पार्टीले सार्वजनिक गरेको नामावली अनुसार झापा क्षेत्र नम्बर १ बाट केवलराम राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ भने क्षेत्र नम्बर २ मा केशव भण्डारीले प्रतिस्पर्धामा उतार्ने तयारी छ । त्यसैगरी झापा क्षेत्र नम्बर ३ बाट दीपक तिम्सिनालाई उम्मेदवार तोकिएको छ भने क्षेत्र नम्बर ४ मा अमृता राईले पार्टीको प्रतिनिधित्व गर्नेछिन्। झापाको अन्तिम निर्वाचन क्षेत्र अर्थात् क्षेत्र नम्बर ५ बाट शिवम् स्वरानी मगरलाई उम्मेदवार बनाउने तयारी साम्पाङले गरेका छन् । 

साम्पाङले अघि सारेको श्रम र उत्पादनको मुद्दालाई जनस्तरसम्म पुर्‍याउन यी उम्मेदवारहरूले भूमिका खेल्ने विश्वास पार्टीले लिएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गरेसँगै उनी देश व्यापी चुनावी अभियानमा छन् । निर्वाचन आयोगमा दर्ता भएसँगै उनले आयोजना गरेका चुनावी सभामा सर्वसाधारणको उल्लेख्य सहभागिता हुने गरेको छ । दमकमा आयोजित सभामा ठूलो संख्यामा साम्पाङका समर्थक सहभागी थिए ।

mediabaaji add

सम्बन्धित खबर

प्रहरीमा जाहेरी दिँदै सर्वोच्च अदालत, आगजनीमा प्रयोग भएका रसायनको फरेन्सिक जाँच गरिने

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा भएको आगजनीमा संलग्नलाई कारबाहीको माग गर्दै सर्वोच्च प्रशासनले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । स्रोतका अनुसार अदालत प्रशासनले फरेन्सिक परीक्षणपछि मात्रै फोहोर सफा...

निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हुनुपर्ने धारणा राखेका छन्। उनले निर्वाचनको वातावरण बनाउन सरकार गम्भिर भएर लाग्नुपर्ने बताएका छन् । बुधबार विहान जनकपुर विमानस्थलमा सञ्चारकमीह...

देश विकास पार्टीको नेतृत्व गर्दै बालेन, लौरो चिन्हबाटै झापामा केपी ओलीसँग चुनाब लड्ने

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पार्टी बनाउने भएका छन् । उनले देश विकास पार्टीको पुनर्गठन गरेर पार्टीको नेतृत्व गर्ने र चुनाबमा जाने तयारी गरेका हुन् । केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर चुनाबमा जाने विषयमा रास्वपा...

छिन्नभिन्न हुँदै एकीकृत समाजवादी, माधव नेपालले अलपत्र पारेको आरोप

काठमाडौँ । दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी छिन्नभिन्न हुने भएको छ । नेकपा एमालेबाट छुट्टिएर बेग्लै संगठन निर्माण गरेको चार वर्षपछि एकीकृत समाजवादी विघटनको बाटोमा अघि बढेको छ । अध्यक्ष माधवक...

आज सबै जिल्लामा विरोध प्रदर्शन गर्दै एमाले, केन्द्रीय नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा एमालेले आज देशका सबै जिल्लामा जनप्रदर्शन गर्दै छ । सबै जिल्लाका सदरमुकाम वा ठूला सहरमा हुने जनसभालाई एमालेका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । यसका लागि सबै केन्द्रीय सदस्य जिल्लामा खटिएक...

मधेश प्रदेशमा सभामुख पदको निर्वाचन हुँदै

जनकपुरधाम । मधेश प्रदेश सभामा रिक्त सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । एक महिनाभन्दा लामो समयदेखि रिक्त रहेको मधेस प्रदेशमा सभामुखका लागि निर्वाचन हुन लागेको हो । प्रदेशसभाले नयाँ सभामुख चयनका लागि आज दिउँसो १ बजे मतदान गर्ने कार्यसूची छ ।

<...