उज्यालो नेपाल पार्टीमा देशभर समर्थन बढेको कुलमानको दाबी
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले छोटो समयमै देशभर जनताको माया, विश्वास र सद्भाव प्राप्त गरेको बताएका छन् । शनिबार रामेछापमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पार्टी स्थापना भएको करिब तीन महिनामै व्यापक समर्थन देखिएको बताएका हुन् ।
उनले भने,‘आज देशैभरी उज्यालो नेपाल पार्टी छोटो समयमा ३ महिनाको समयमा यति धेरै जनताको माया, विश्वास र सद्भाव रहेको छ, त्यो देख्दाखेरी हामी साँच्चिकै अब एक नम्बरको पार्टी बन्न धेरै समय लाग्दैन । उनले अबको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै आगामी २०(२१ दिनको अभियानमा बढीभन्दा बढी सिट जित्ने लक्ष्य रहेको बताए । उनले आफ्नो पार्टीले निर्वाचनपछि सरकारको नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै उज्यालो नेपाललाई ‘चमत्कारी पार्टी’का रूपमा स्थापित गर्ने दाबी गरे ।
एक्सप्रेस
सम्बन्धित खबर
मलाई धेरै नबोल पनि भन्छन् तर अलिअलि नघोची हुँदैन : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा कांग्रेस सभापति गगन थापाले आफूविरुद्ध प्रमाण देखाउन ६५८ दिन बितिसक्दा पनि पेश नगरेको आरोप लगाएका छन् । चितवनमा आयोजित चुनावी सभामा लामिछानेले अब आफूलाई प्रमा...
गगन नेतृत्वको कांग्रेसले समानुपातिक सूची संशोधन गर्ने
काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको छ । बिहीबार ललितपुरमा बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवशेनले गरेका निर्णयलगाएत बिषयमा निर्वाचन आयोगमा अद्य...
संविधानले दिएको हक रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संविधान र कानुनले सुनिश्चित गरेका हक अधिकारको प्रयोग कसैले रोक्न नहुने स्पष्ट पारेकी छन् । थारू कल्याणकारिणी सभाको प्रतिनिधिमण्डलसँगको भेटमा उनले सबै समुदायको राज्यमा उचित प्रतिनिधित्व आवश्यक रहेको बताइन् ।...
कम्युनिस्ट एकता ०७५ सालको जस्तै नहोस् : माधव नेपाल
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी९नेकपा०का सहसंयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टी सोच विचार गरेर मात्र एकता गर्नुपर्ने बताएका छन् ।
२४औँ बोत्ले स्मृति दिवसको अवसरमा सोमबार काठमाडौँमा भएको कार्यक्रममा सम्बोधन गर...
पूर्वराष्ट्रपति भण्डारी र प्रधानन्यायाधीशबीच ५० मिनेट भेटवार्ता
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन गरेकी छन् । शुक्रबार मध्याह्न पूर्वराष्ट्रपति भण्डारी सर्वोच्च अदालत पुगेकी हुन् । भण्डारीले जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको अवलोकन गरेकी हु...
निवर्तमान मुख्यसचिव अर्यालको बिदाइ, नवनियुक्त कार्कीको स्वागत
काठमाडौँ । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको स्वागत गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा निवर्तमान मुख्यसचिव अर्यालले लामो समयको निजामत...



