बिहिबार, ०४ असार २०८३
नेपाली

किरात समुदायको प्रकृति पूजक ‘उभौली’ पर्व आज : देशभर साकेला र चण्डी नाचको रौनक

Main News Image

काठमाडौँ । प्रकृति र पितृको पूजा गर्ने किरात राई समुदायको महान् सांस्कृतिक पर्व ‘उभौली’ आज देशभर उत्साहका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई किरात समुदायले नयाँ खेतीपातीको सुरुवात र प्रकृतिको आराधना गर्ने विशेष अवसरका रूपमा लिने गर्दछन् ।

किराती मान्यता अनुसार जाडो सकिएर गर्मी सुरु भएसँगै चराचुरुङ्गी र माछा लेकतिर उँभो लाग्ने समय भएकाले यसलाई ‘उभौली’ भनिएको हो । गर्मी बढेसँगै मानिस, पशुपक्षी र जीवजन्तु बेँसीबाट लेकतिर बसाइँ सर्ने र उकालो लाग्ने समयको सूचकका रूपमा पनि यो पर्वको महत्त्व रहेको छ । ‘उँभो’ को अर्थ उन्नति, प्रगति र राम्रो खेतीपाती होस् भन्ने कामनासँग पनि जोडिएको छ ।

आजको दिन किरात राई समुदायका मानिसहरूले गाउँगाउँमा रहेका ‘भूमेस्थान’ वा ‘साकेला थान’ मा भेला भएर पूजा आराधना गर्दछन् । बालीनाली लगाउनुअघि प्रकृति मातासँग राम्रो उब्जनी होस् र अन्नबालीमा किराफट्याङ्ग्राले दुःख नदिऊन् भनी प्रार्थना गरिन्छ ।

यस पर्वको मुख्य आकर्षण साकेला चण्डी नाच हो । परम्परागत भेषभूषामा सजिएका युवायुवतीदेखि वृद्धवृद्धासम्म ढोल र झ्याम्टाको तालमा गोलबद्ध भएर सिली नाच्ने गर्दछन् । यो नाचमा हातगोडाको हाउभाउमार्फत खेतीपाती गरेको, चराचुरुङ्गीको नक्कल गरेको र दैनिक जीवनका क्रियाकलापहरू प्रदर्शन गरिन्छ ।


mediabaaji add

सम्बन्धित खबर

रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता

दोलखा । रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। सात जना अझै बेपत्ता छन् । पाँचै जनालाई यलुङरी हिमालको आधार शिव...

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर

सिन्धुली । मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उ...

काठमाडौँमा बस दुर्घटना : अर्का मृतकको पनि पहिचान खुल्यो

काठमाण्डौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने चार जनाकै पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने एक मृतक पाँचथर स्थायी घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बू रहेको प्रहरीले जनाएको छ । ...

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ  । आज २०८३ साल जेठ ११ गते सोमबार। जेठ शुक्ल पक्षको दशमी तिथि । तदनुसार सन् २०२६ मे २५ तारिख । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।

शिवका लागि सम...

महाकवि देवकोटाको ११७ औं जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक...

नदीमा जिप खस्दा तीन जनाको मृत्यु

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका(४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको...