प्रचण्डसँग छलफल गर्न लागेका खनालको खुलासा : ओलीसँग कुरा मिलेन
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कुरा नमिलेको खुलासा गरेका छन् । मंगलबार साँझ ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका खनालले ओलीसँग ‘छिनाफानो’ भएको बताएका हुन् । ‘सबै वामपन्थी एकतावद्ध हुन पाए हुन्थ्यो भन्ने कुरा चाहीँ गरेँ। मैले त्यो भन्दा उहाँले यहाँ को छ र वाम रु भन्ने प्रश्न गर्नुभयो। कोसँग वाम एकता गर्ने रु म कोही वाम नै देख्दिन भन्नुभयो। उहाँले कसैलाई वाम नै नदेखेपछि त वाम एकताको कुरा गर्नुको कुनै अर्थ भएन नि’ उनले भने, ‘व्यक्तिगतरुपमा आए मात्रै स्वकार गर्ने भनेर। नीति कार्यक्रम स्वीकार गरेर आए लिने, नत्र नलिने भनेपछि उहाँसँग छिनाफाना नै भयो नि।’
खनालले आफू एमालेसँग एकता गर्न भन्दा पनि ओलीलाई धन्यवाद दिन गुण्डु पुगेको स्पष्ट पारे । भदौ २४ गतेको जेनजी आन्दोलनमा खनाल निवासमा भएको आगजनी र श्रीमती रविलक्ष्मीमाथि भएको आक्रमणप्रति ओलीले प्रकट गरेको सहानुभूतिप्रति आफूले धन्यवाद दिएको खनालले बताए ।
ओलीसँग कुरा टुंगिएपछि खनाल आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दैछन् । उनले भने, ‘मेरो मान्यता अलि वृहत वाम युनिटिमा जाऔँ भन्ने हो। अहिले सारा देशभरका वामपन्थीहरूलाई एकताबद्ध गर्न जरुरी छ। यतिबेला एउटा९एउटा, फ्याक्सन९फ्याक्सन मात्रैको युनिटीले वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन सकिँदैन। वृहत रुपमा जाऔँ भन्ने मेरो मान्यता हो।’
आजै खनालकै पार्टीको बहुमत पक्ष अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा माओवादी केन्द्रसहित ९ वटा वापन्थी दलबीच एकता घोषणा हुँदैछ । तर, यी दुवै दलमा विभाजन समेत भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सिंहदरबारमा आगो लगाउनेहरु सत्तामा बसेका छन् : दुर्गा प्रसाईं
जनकपुर । नागरिक बचाउ अभियानका संयोजक एवम मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको १०० दिनको समिक्षा अहिले गर्ने समय नआएको बताएका छन् । सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रसाईंले सरकारको १०० दिनको काम बारे अहिले केही नभन्ने...
वाम एकता होइन, सुधारिएको एमाले बनाऔँ : सुरेन्द्र पाण्डे
काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको एकताभन्दा पनि पार्टीको सुधारमा ध्यान दिनुपर्ने बताएका छन् । उनले पार्टीको पुनर्निर्माणमा विशेष गरी युवा पुस्तालाई सामेल गरिनु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे ।
पाण्डेले सामाजिक...
कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित
सुर्खेत । कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित गरिएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्ने सङ्कल्पसहितको ६ बुँदे प्रस्ताव पारित गरिएको हो ।
कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रमु...
मध्यरातमा दुर्गा प्रसाईं पक्राउ
काठमाडौँ । राष्ट्र, राष्ट्रियता तथा धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । मङ्सिर ७ गतेदेखि आन्दोलन थालनी गर्ने घोषणा गरिसक्नुभएका प्रसाईंलाई प्रहरी टोलीले मध्यरातमा भ...
गोपाल किरातीको प्रश्न : ज्ञानेन्द्र शाह र प्रचण्डमा कसरी फरक छुट्टाउने ?
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता गोपाल किरातीले पार्टी नेताहरूको शैली राजा महाराजाको जस्तो रहेकोमा कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता किरातीले पार्टी गतिविधि र नेताहरूको कार्यशैलीमाथि प्रश्न गरेका ह...
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबीच भेटवार्ता भएको छ । बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायत समसामयिक विषयमा कुराकान...



