जन्मेकै स्थानमा गरिनेछ खामेनकी अन्त्येष्टि
काठमाण्डौा । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि मसहदमा गरिने भएको छ । तर यसको मिति र समय निश्चित भइसकेको छैन । इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार खामेनीको शव इमाम रेजाको मन्दिर नजिकै गाडिनेछ ।
खामेनीको जन्म पनि सन् १९३९ मा मसहदमै भएको थियो । इरानको अर्को सर्वोच्च नेता घोषणा खामेनीको अन्त्येष्टिपछि मात्र गरिनेछ । मंगलबार कोममा विज्ञहरूको सभाले सर्वोच्च नेता चयन गर्न मतदान गरेको खबर बाहिरियो । विज्ञहरूको सभामा ८८ सदस्य हुन्छन्, जसले देशको सर्वोच्च नेता चुन्नेछन् । इरानका सर्वोच्च नेता खामेनी गत फेब्रुअरी २८ मा अमेरिकी इजरायली आक्रमणमा मारिएका हुन्। त्यसबेलादेखि यो पद खाली छ ।
एक्सप्रेस
सम्बन्धित खबर
हर्मज जलमार्गमा रोकिएका जहाज बाहिर निकाल्न ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रीडम’ घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मज जलमार्गमा रोकिएका व्यापारिक जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सोमबार बिहानदेखि विशेष अभियान सुरु गर्ने घोषणा गरेका छन् । ट्रम्पले यस अभियानलाई ‘प्रोजेक्ट फ्रीडम’ नाम दिँदै यसलाई एक ‘मानवीय...
एकचालीस देशहरूबाट तेल र ग्यास आयात भइरहेको हर्मुजको जलमार्ग अवरुद्ध गर्नु स्वीकार्य छैन : मोदी
काठमाण्डौँ । पश्चिम एसियामा युद्धको अवस्थाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो सार्वजनिक बयान दिएका छन् । लोकसभामा २५ मिनेटको भाषणमा उनले भने कि तनाव समाप्त हुनुपर्छ। समस्याको एक मात्र समाधान वार्ता हो ।
प्रधानमन्त्रील...
मध्यपूर्वको युद्धले एसियामा इन्धन सङ्कट : बङ्गलादेशमा सेना परिचालन, म्यान्मारमा सवारी चलाउन आलोपालो प्रणाली
काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धनको गम्भीर अभाव र जनआक्रोश देखिन थालेको छ । विशेषगरी बङ्गलादेशमा स्थिति निकै तनावपूर्ण बनेपछि सरकारले प्रमुख तेल डिपो...
भेनेजुएलापछि अब क्युबा ट्रम्पको निशानामा, वाशिङ्गटन र हवानाबीच तनाव उत्कर्षमा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तत्काल ‘सम्झौता गर्न’ वा त्यसको गम्भीर मूल्य चुकाउन चेतावनी दिएपछि दुई देशबीचको कूटनीतिक सम्बन्धमा तीव्र तनाव उत्पन्न भएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकी सेनाले सत्ताच्यु...
लेबनानसँगको तनाव अन्त्यका लागि नेतान्याहूले दिए वार्ताको निर्देशन
काठमाण्डौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानसँग जारी द्वन्द्व र सीमा विवाद सुल्झाउनका लागि वार्ता अगाडि बढाउन आफ्ना अधिकारीहरूलाई निर्देशन दिएका छन् । पछिल्लो समय लेबनानको सशस्त्र समूह हिजबुल्लाह र इजरायली सेनाबीच बढ्दै गएको स...
मध्यपूर्व टकरावले तेल आपूर्ति सङ्कट र अन्तर्राष्ट्रिय तनाव बढाउँदै
काठमाडौँ । इरानले शनिबार मध्यपूर्वको सबैभन्दा व्यस्त बन्दरगाह जेबेल अली र युएईका दुई अन्य बन्दरगाह खाली गर्न अनुरोध गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बताए अनुसार, अमेरिका खार्ग टापु र अबु मुसा टापुमा युएईका दुई स्थानबाट आक्रमण गरेको दा...


