शुक्रबार, ०१ साउन २०८३
नेपाली

रास्वपाले टिकट पैसामा बाँडेको भन्दै कास्कीका नेता राजु राईले छाडे रास्वपा

Main News Image

पोखरा । रास्वपा कास्कीका नेता राजु राईले पार्टी परित्याग गरेका छन् । राजनीति सोझो र इमानदारले गर्ने काम नभएको निष्कर्ष निकाल्दै उनले आज सामाजिक सञ्जालबाट पार्टी छाडेका घोषणा गरेका हुन् । राईले फेसबुकमा लेखेका छन्, ‘राजनीति भनेको सोझो र इमान्दारिले गर्ने काम होइन रहेछ ? आजबाट राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छुइनँ ? स्वतन्त्र नागरिक भएर समाज सेवा मा लाग्नेछु ’

उनले नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु भएको भन्दै दुई दिनअघि पनि फेसबुक स्टाटस लेखेका थिए । ०७९ को निर्वाचनमा कास्की १ बाट लडेका राईले १० हजार ९४१ मत ल्याएका थिए । त्यहाँ जित्ने एमालेका मनबहादुर गुरुङ २५ हजार ७०८, दोस्रो हुने कांग्रेसका किशोर दत्त बरालले २३ हजार १८९ मत ल्याउँदा राई तेस्रो भएका थिए । पार्टी छाडेका राई अहिले पनि टिकटको आकांक्षी रहेको बताइएको छ ।

गएको निर्वाचनमा १० हजार मत ल्याएका राईलाई टिकट नदिएर रास्वपाले स्थानीय तह निर्वाचनमा अटेरी अभियान चलाउँदै लौरो चिह्न लिएर पोखराको मेयर उठेका खडकराज पौडेललाई उम्मेदवार बनाएको छ । पौडेललाई टिकट दिएदेखि नै राई पार्टी नेतृत्वप्रति असन्तुष्ट थिए । टिकट वितरणमा आर्थिक चलखेल भएको भन्दै पछिल्लो समय दर्जनबढी नेताहरूले रास्वपा छाडिसकेका छन् ।

mediabaaji add

सम्बन्धित खबर

पूर्णबहादुर खड्काको धम्कीले आयोग प्रभावित हुनु हुँदैन : विश्वप्रकाश शर्मा

काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आन्दोलनको पूर्णबहादुर खड्काको धम्कीबाट निर्वाचन आयोग प्रभावित हुन नहुने बताएका छन्। निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा खड्काले उक्त कुरा बताएका हुन् ।

शेरबहादुर...

सेलिब्रेटीहरूले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिँदै, केही प्रत्यक्ष चुनाब लड्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सूचीमा समावेश सेलिब्रेटीहरूले आफ्नो नाम फिर्ता लिन थालेका छन् । गायिका त्रिशाला गुरुङ र अभिनेता तथा निर्माना आसिफ शाहले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।

गुरुङले नाम फिर्ता ल...

थारूहरूका माग र मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्री समक्ष माग

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दि...

रवि र जीबीसहितका व्यक्तिविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता, सहकारी ठगी मुद्दा भने यथावत

काठमाडौँ । रुपन्देही जिल्ला अदालतले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गीतेन्द्रबाबु जीबी राईसहितका प्रतिवादीहरूविरुद्ध चलिरहेको मुद्दामा सरकारका तर्फबाट पेस भएको अभियोगपत्र संश...

फर्किएन देउवाको मन, कुनै पनि चुनावी सभामा सहभागी नहुने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पछिल्लो समय कुनै पनि चुनावी गतिविधिमा सहभागी नहुने भएका छन् । देउवाको सचिवालयले हालसम्म देउवा कुनै पनि चुनावी सभा, कार्यक्रम वा अभियानमा सहभागी हुने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।<...

रमेश लेखकको टिकट खोसियो

काठमाडौँ । जेनजी आन्दोलन दमन गरेको आरोप लागेका तत्कालीन गृहमन्त्री रहेश लेखकको टिकट खोसिएको छ । नेपाली कांग्रेसले यसअघि लेखकले चुनाब लड्दै आएको क्षेत्र कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ । बोहरा कांग्रेस कञ्चनपुरका पूर्व सभापति पनि हुन्...