बुधबार, २४ भदौ २०८३
नेपाली

सात दिनभित्र प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्न जसपा नेपालको निर्देशन

Main News Image

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन निर्देशन दिएको छ ।

पार्टी विधानको धारा ११७ उपधारा ३ मा व्यवस्था भए बमोजिम उम्मेदवार सम्बन्धी मापदण्ड र योग्यता पूरा गरेका योग्य व्यक्तिहरू मध्येबाट उम्मेदवार चयन गरी उम्मेदवारको नामावली पठाउन पार्टी प्रदेश समिति र जिल्ला समितिलाई निर्देशन गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

पार्टीद्वारा जारी गरिएको परिपत्रअनुसार प्रत्येक प्रतिनिधि सभा क्षेत्रीय समितिको निर्णयसहित उम्मेदवारहरुको नामावली संकलन गरी रायसहित सात दिनभित्र अनिवार्य रुपले पार्टी केन्द्रीय कार्यालयमा पुग्ने गरी नामावली पठाउन बिहीबार प्रदेश समिति र जिल्ला समितिलाई अनुरोध गरिएको उनले बताए । उम्मेदवारमा सिफारिस गरिएका व्यक्तिहरुको राजनीतिक पृष्ठभूमि र पार्टीमा पुर्याएको योगदानसमेत उल्लेख गरी पठाउन भनिएको छ ।

उम्मेदवारहरुको अन्तिम टुंगो भने पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्डले गर्ने बताइएको छ । केही दिनअघि जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय भएको थियो । त्यस्तै रेणु यादव, पूर्वमन्त्री प्रदीप यादवलगायत जसपाका बहुमत पदाधिकारीले पनि जसपा नेपालसँग एकीकरण गर्ने सहमति गरेका थिए ।

mediabaaji add

सम्बन्धित खबर

हार निश्चित भएपछि महेश बस्नेतले भने ‘सदन बाहिरबाटै आवाज उठाउँछु’

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो हार निश्चित भएपछि जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने बताएका छन् । भक्तपुर २ मा उम्मेदवार रहेका बस्नेत पछिल...

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन्। आज बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत पाएका हुन्।

सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले उनलाई विश्वासको मत दिएका छन्। सत्तापक्षीय सम्पूर्ण दल र प्रमुख‍ प्...

कांग्रेसले बीपीको स्मृति दिवसमा जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संस्थापन नेता बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा जलवायुसम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गर्ने भएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ६ साउनमा दौड प्रतियोगितासँगै ‘प्यानल ड...

कुलमानको उपस्थितिमा आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै

काठमाडौँ । कुलमान घिसिङको उपस्थितिमा उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदैछ । घोषणा सभा दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौँको प्रज्ञा भवनमा हुनेछ । कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ हुन...

राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि ६ प्रकारका परिचयपत्र मान्य

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ मा मतदान गर्न जाँदा मतदाताको पहिचान खुल्ने ६ प्रकारका कागजात मान्य हुने निर्णय गरेको छ । आयोगका अनुसार माघ ११ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदान ग...

बालेनले दिए विश्वकप खेल्न लागेको क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहले आजदेखि आईसीसी टी– २० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् । बालेनले सामाजिक सञ्जालमा नेपालले पहिलोपटक सन् २०१४ मा खेलेको विश्वकपको स्...