शनिबार, ०२ साउन २०८३
नेपाली

दौरा सुरुवालमा दौडिएर जोशीले लेखाए गिनिज बुकमा नाम

Main News Image

काठमाडौँ । नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् । जोशीले सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व किर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाएका हुन् ।

शुक्रवार अमेरिकाको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेञ्ज’को समापन समारोहमा गिनिज बुकका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाण पत्र प्रदान गरे । अन्टार्टिकाबाट शुरु भएको म्याराथन, अफ्रिकाको केप टाउन, अष्ट्रेलियाको पर्थ, एशियाको दुबई, स्पेनको म्याड्रिड, ब्राजिल हुदै सातौ दिनमा अमेरिकाको मायामीमा सम्पन्न भएको हो ।

अत्यन्त चुनौतीपूर्ण मानिने ‘विश्व म्याराथन च्यालेञ्ज’ २०१५ बाट सञ्चालन हुदै आएको छ । सात महादेशमा लगातार सात दिनसम्म सात म्याराथन सञ्चालन हुने भएकोले यो प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिन्छ । म्याराथनमा जोशी सहित ३२ देशका ५६ धावक सहभागी थिए ।

जोशीले नेपाली सम्पदा र संस्कृतिको विश्वव्यापी प्रचार र आफू जन्मेको माटो तथा सम्पदाप्रतिको सम्मानका लागि दौरा सुरुवालमा म्याराथनमा सहभागी भएको बताए । सात वटै म्याराथनमा उनले अलग अलग दौरा सुरुवाल लगाएका थिए । सबै दौरा सुरुवाल काठमाण्डौंका विश्व गौतमले तयार गरेका थिए ।

सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन् । टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेशाले बैंकर्स हुन् ।

mediabaaji add

सम्बन्धित खबर

झिसेमा स्कूल भ्यान दुर्घटना हुँदा २३ विद्यार्थी घाइते

पोखरा । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन् । जसमा केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

घाइते सबैको उद्धार...

चैत १९ गतेदेखि २९ सम्म एसईई परीक्षा हुने

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो । चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा स...

यस याममा ३०० विदेशी पर्यटकद्वारा कञ्चनजंघा हिमाल क्षेत्र भ्रमण

ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल पिक आरोहण गर्न सुरुआत भएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए । अन्नर्पूण फुटहिल्स ट्रेक्स एण्ड एक...

त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशंका

चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका ५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशंका गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनह...

कोरिया पठाउन माग राख्दै ईपीएस शाखा कार्यालयमा प्रदर्शन

काठमाडौँ । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग राख्दै ललितपुर ग्वार्कोस्थित इपीएस कार्यालयमा प्रदर्शन गरिएको छ ।दुई वर्षअघि रोजगार अनुमति प्रणाली ईपीएस मार्फत भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले कोरिया पठाउन ढिलाइ भएको भन्...

त्रिविको ५१ औं दीक्षान्त समारोह आज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए । समा...