सोलुखुम्बुमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते
रामेछाप । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्य दुधकोशी गाउँपालिका–६ भिरकुनामा बिहीबार साँझ वाग्मती प्रदेश ०१–०३१ च ५९२४ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा तीन महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–३, छेस्कामकी १६ वर्षीया हबी राई, सोही स्थानकी २० वर्षीया शान्ति राई र नाम नखुलेकी अर्की एक महिला रहेको प्रहरीले जानकारी दिएको छ । जिपमा ११ जना सवार थिए। तीमध्ये ६ जना घाइते र २ जना सकुशल रहेका छन्। घाइतेहरूमा चालक श्रीध्वज राई, गंगा राई, बस्तीकला राई, समया राई, सजना राई र उमेश राई रहेका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइते १६ वर्षीया समया राई र १० वर्षीय उमेश राई उपचारपश्चात् डिस्चार्ज भएका छन् भने अन्यलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जनाएको छ। मृतकको शव महाकुलुङ आधारभूत अस्पताल, बुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरले जानकारी दिए।
एक्सप्रेस
सम्बन्धित खबर
भाइटीकाको उत्तम साइत ११:३९ बजे, टीका लगाउँदा को-कता फर्किने ?
काठमाडौँ । यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर...
क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु
काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षत...
मकवानपुरमा टाटा सुमो दुर्घटना: ६ मृतक, चारको सनाखत
काठमाण्डौँ । मकवानपुरको भीमफेदी–६ जुरीखेतमा आइतबार साँझ टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई नेपाली र दुई भारतीय नागरिकको सनाखत भएको छ भने दुई जनाको पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा तीन जना घाइते छन्, जसमध्ये दुईको...
साउनको तेस्रो सोमबार : शिवालयहरूमा भक्तजनको भीड, शिवको विशेष पूजाआराधना
काठमाडौँ । साउन महिनाको तेस्रो सोमबार आज हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको पूजाआराधना गरी मनाउँदै छन् । साउन महिना र विशेष गरी सोमबारलाई शिव उपासनाका लागि वर्षकै पवित्र समयका रूपमा लिइन्छ ।
आजका दिन बिहानैदेखि देशभरका प्रमुख शिवालयहरूमा भ...
भदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन
काठमाडौँ । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय...
आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशर...



