जनमत साहित्य वाटिका महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न !
मिडियाबाजी डटकम काठमाडौँ कात्तिक २६ । ललितपुर । जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष ,जनमत साहित्यिक मासिकका प्रधान सम्पादक,नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षता एवम् जनमत साहित्य बाटिकाको आयोजनामा महिला कविगोष्ठी तथा सम्मान कार्यक्रमको आयोजना आइ अोपनर्सको कार्यालय चाकुपाट, ललितपुरमा भव्यतापूर्वक सम्पन्न भएको थियोे। उहाँले 'हामी निरीह प्राणीका हत्यारा हौँ' शीर्षकमा व्यङ्ग्यात्मक कविता वाचन गर्दै नेपाली भाषा , साहित्यलाई राज्यको अनुत्पादक ठान्ने प्रवृत्तिले साहित्यिक सर्जकहरूमाथि अन्याय भएको बताउनुभएको थियोे। उहाँले निम्न मध्यम वर्गका जनता,गरिब र दु:खीमाथि अन्याय भएको चित्रण गर्दै ,भ्रष्टाचार रअराजकताले सीमा नाघेको बताउनु भयो ।साथै ,यस्तो अवस्थामा लेखक ,साहित्यकार चुप लाग्न नहुने कुरा बताउनु भएको थियोे ।
प्रमुख अतिथि नेपाली कला साहित्य डटकमकी अध्यक्ष तथा चर्चित कवि मोमिला जोशी जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालद्वारा सम्मानित हुनुभएको थियोे।
२०८१मा आयोजित जनमतको ४१ ओैँ वार्षिकोत्सबमा सम्मानित व्यक्तित्व मोमिलालाई पुरक कार्यक्रम आयोजना गरेर उक्त सम्मान समर्पण गरिएको थियोे ।उहाँले सम्मान ग्रहण गर्दै साहित्यमा सामाजिक अनुमोदन हुनु भनेको ठुलो कुरा भएको बताउनु भएको थियोे। उहाँले स्रष्टा-द्रष्टा मोहन दुवाल नेपाल देशले नचिनेको हिरा भएको ठोकुवा गर्दै 'भीमसेनको सुसाइट नोट ' शीर्षकको कविता वाचन गर्नुभएको थियोे ।
विशेष अतिथि ,चर्चित साहित्यकार उषा शेरचनले महिला र समाजले भोग्नु परेका पीडा र अन्यायविरुद्ध जागृतिको शङ्खघोषसहित नयाँ चेतना र विद्रोहको खोजीको अपरिहार्य दर्साउँदै कविता वाचन गर्नुभएको थियोे ।
विशेष अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय महासचिव चेतनाथ धमलाले जनमत साहित्य बाटिका महिला कविगोष्ठीमा वाचन गरिएका १४ वटा कवितामाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियोे।प्राज्ञ धमलाले वाचित कविताले देशको वर्तमान अवस्था ,कुशासन ,विकृति ,विसङ्गति अराजकता ,अन्याय र हिंसाविरुद्ध कविता प्रतिबिम्बित भएको धारणा राख्नुभएको थियोे ।उहाँले 'आमा' शीर्षकमा प्रस्तुत भएका कविताले
आमा हुनु र जिउनुको चित्रण गर्दै मातृप्रेम र अगाध स्नेहका साथै महिलाले भोग्नु परेको पारिवारिक र सामाजिक हिंसा समेत चित्रण गरेको बताउँदै अबका कवितालाई कृत्रिम बौद्धिकताबाट जोगाउन निकै कठिन हुने बताउनु भएको थियोे ।
जनमत साहित्य डटकमका सम्पादक तथा कवि सिर्जना दुवालले स्वागत मनतव्यसहित 'आत्मीय गठबन्धन' शीर्षकको कविता वाचन गर्नुभएको थियोे ।
यसैगरी जनमत साहित्य बाटिका महिला कविगोष्ठीमा प्रा.डा. सविना श्रेष्ठ,डा. सावित्री श्रेष्ठ,कमला कायस्थ,तारा केसी ,पूर्णदेवी न्यौपाने,राधादेवी राजवंशी ,सविता श्रेष्ठ 'बेहोसी',शारदा घिमिरे भैल ,धनकुमारी न्यौपाने ,मोतीशोभा श्रेष्ठले आआफ्नो कविता वाचन गर्नुभएको थियोे ।जनमतका सम्पादिका भारती श्रेष्ठ,पत्रकार भगवती तिमल्सिना लगायतको उपस्थिति रहेको यस कार्यक्रमको उद्घोषण मानवअधिकारकर्मी राजु सरकारले गर्नुभएको थियोे ।जनमतले नेपाली भाषा ,साहित्य र संस्कृतिको क्षेत्रमा ४२ वर्षदखि विशिष्ट योगदान पुर्याउँदै आएको छ ।स्रष्टा उत्पादनशालाको रूपमा समेत छवि बनाएको जनमत देश विदेशमा समेत सुपरिचित रहेको छ।
•सम्प्रेषण प्राज्ञ चेतनाथ धमला
एक्सप्रेस
सम्बन्धित खबर
पेट्रोलको मूल्य घट्यो, प्रतिलिटर मूल्य कति ?
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २ घटाएको हो। डिजेल, मट्टितेलको मूल्य भने यथावत रहेको छ । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट...
सन्दीप चम्किएपछि कतारमाथि नेपालको रोमाञ्चक जित
काठमाडौँ । नेपालले टी–२० विश्वकप छनोट अन्तर्गतको रोमाञ्चक खेलमा कतारमाथि विजयी हुँदै महत्वपूर्ण सफलता हात पारेको छ। खेलको क्रममा नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै जितमा निर्णायक भूमिका खेले। उनको सटीक बलिङ र...
सरकारले भन्यो_ इजरायल र इरानको यात्रा नगर्नू
काठमाडौँ । नेपाल सरकारले नेपाली नागरिकलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार सूचना जारी गर्दै अवस्था सामान्य नहुँदासम्म दुवै देशको यात्रा नगर्न नेपाली नागरिकलाई आग्रह गरेको हो ।
‘इजरायल वा इरान यात्रा...
आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने शेखरको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानलाई ट्र्याकमा ल्याउन फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकार बनेदेखि नै संविधान ट्र्याकबाहिर गएको बताए ।...
सुदूरको बेथाः बाटोमै जन्माइन् दोइलाले बच्चा
बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एक गर्भवती महिलाले बीच बाटोमै बच्चा जन्माएकी छन् । सोही पालिकाको वडा नम्बर–२ भैसागाडकी २६ वर्षीया दोइला भण्डारीले बीच बाटोमै बच्चा जन्माएकी हुन् । सुत्केरी व्यथा लागेप...
पाँच एसएसपी डीआईजी बढुवा : सीआईबीमा भुपेन्द्र खत्री
काठमाडौँ । सरकारले पाँच जना डीआईजी बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् । एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारि...



