शनिबार, २७ भदौ २०८३
नेपाली

डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्सको निधन

Main News Image

काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकमध्ये एक जेम्स वाटसनको निधन भएको छ। उनी ९७ वर्षका थिए । कोल्ड स्प्रिङ हार्बर प्रयोगशालाले वाटसनको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । वाटसनले त्यहाँ धेरै दशकदेखि काम र अनुसन्धान गरेका थिए ।

अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए संरचनाको खोजलाई २०औँ शताब्दीको सबैभन्दा ठूलो वैज्ञानिक उपलब्धिमध्ये एक मानिन्छ । उनले बेलायती वैज्ञानिक फ्रान्सिस क्रिकसँग मिलेर १९५३ मा डीएनएको डबल९हेलिक्स संरचना पहिचान गरेका थिए। यसले आणविक जीव९विज्ञानमा द्रुत प्रगतिका लागि मार्ग प्रशस्त गर्‍यो ।

वाटसनले जातीय र लिङ्ग भेदभावयुक्त टिप्पणी पनि गरेका थिए। जसले उनको प्रतिष्ठालाई गम्भीर रूपमा क्षति पुर्‍यायो । एक टीभी कार्यक्रममा उनले कालो र गोरा मानिसबीच औसत आईक्यूमा भिन्नताका लागि जिन जिम्मेवार रहेको दाबी गरेका थिए ।

mediabaaji add

सम्बन्धित खबर

मध्यपूर्व युद्धविराम पछि श्रीलंकामा इन्धनको मूल्यमा गिरावट

काठमाण्डौँ । मध्य पूर्व युद्धविराम पछि श्रीलंकाले मंगलबार इन्धनको मूल्यमा ६ प्रतिशत सम्म कटौती गरेको जनाइएको छ । श्रीलंकाको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताए...

इरानी विद्यालयमा मारिएका १६५ बालिकाहरूको सार्वजनिक अन्त्येष्टि

काठमाडौँ । इरानी सहर मिनाबमा रहेको एक बालिका विद्यालयमा अमेरिकी र इजरायली आक्रमणमा मारिएका १६५ बालिकाहरूको सार्वजनिक अन्त्येष्टि भएको छ । मिसाइल आक्रमणमा परी एकैठाउँमा १६५ बालिकाहरूको मृत्यु भएको हो ।  उक्त सार्वजनिक अन्त्येष्टिमा हजारौँ मानि...

ड्रोन र मिसाइलको अवशेष खस्दा आबुधाबीमा ७ नेपाली घाइते

काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईको अबुधाबीस्थित एजबान क्षेत्रमा हवाई रक्षा प्रणालीद्वारा मिसाइल तथा ड्रोन सफलतापूर्वक अवरोध गरिएपछि खसेको भग्नावशेषका कारण १२ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार घाइतेमध्ये ७ जना नेपाली र ५ जना भारतीय नागरि...

युद्धविराम घोषणाको केही घण्टामै होर्मुज जलमार्ग अशान्त, तीन जहाजमाथि शंकास्पद आक्रमण

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको म्याद थप गरेको केही घण्टामै होर्मुज जलमार्गमा तनावको नयाँ श्रृंखला सुरु भएको छ । युद्धविरामको घोषणालाई कूटनीतिक सफलताका रूपमा हेरिए पनि, व्यवहारमा भने इरानले उक्त जलमार्गमा व्...

पेट्रोल र डिजेल कारमा लगाउने भनिएको प्रतिबन्ध फिर्ता लियो ईयूले, स्पेनका प्रधानमन्त्रीको कडा आलोचना

काठमाडौँ । युरोपेली सङ्घ ईयूले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने आफ्नो पूर्ववत् निर्णयबाट पछि हटेको छ ।

यस कदमको स्पेनका प्रधानमन्त्री पेड्रो...

हर्मुज जलमार्ग खुलाउन दक्षिण कोरियाले शुरू गर्‍यो इरानसँग संवाद

काठमाडौँ । पश्चिम एसियाको द्वन्द्व चौथो हप्तामा प्रवेश गर्न लाग्दा दक्षिण कोरियाले विश्वकै प्रमुख व्यापारिक मार्ग ’हर्मुज जलमार्ग’ लाई सामान्य बनाउन इरान लगायतका मुलुकहरूसँग सक्रिय संवाद सुरु गरेको छ ।  विश्वको कुल तेल व्यापारको २० प्रतिशतभन्...