डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्सको निधन
काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकमध्ये एक जेम्स वाटसनको निधन भएको छ। उनी ९७ वर्षका थिए । कोल्ड स्प्रिङ हार्बर प्रयोगशालाले वाटसनको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । वाटसनले त्यहाँ धेरै दशकदेखि काम र अनुसन्धान गरेका थिए ।
अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए संरचनाको खोजलाई २०औँ शताब्दीको सबैभन्दा ठूलो वैज्ञानिक उपलब्धिमध्ये एक मानिन्छ । उनले बेलायती वैज्ञानिक फ्रान्सिस क्रिकसँग मिलेर १९५३ मा डीएनएको डबल९हेलिक्स संरचना पहिचान गरेका थिए। यसले आणविक जीव९विज्ञानमा द्रुत प्रगतिका लागि मार्ग प्रशस्त गर्यो ।
वाटसनले जातीय र लिङ्ग भेदभावयुक्त टिप्पणी पनि गरेका थिए। जसले उनको प्रतिष्ठालाई गम्भीर रूपमा क्षति पुर्यायो । एक टीभी कार्यक्रममा उनले कालो र गोरा मानिसबीच औसत आईक्यूमा भिन्नताका लागि जिन जिम्मेवार रहेको दाबी गरेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
बिहारमा भाजपा-जेडीयू गठबन्धन दुई तिहाइतर्फ अग्रसर
काठमाडौँ । २०२५ बिहार विधानसभा चुनावको मतगणना सुरु भएको छ। प्रारम्भिक रूझानले एनडीएले अग्रता लिइरहेको संकेत गर्छ । आज बिहारको सिंहासनको उत्तराधिकारी को हुने भनेर निर्धारण हुनेछ। एनडीए र महागठबन्धन दुई ध्रुवमा छन्, र नि...
इरानी आक्रमणबाट ८८ जना घाइते भएपछि इजलायलद्वारा संकटकाल घोषणा
काठमाडौँ । इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुर्याएको छ । स्थानीय दमकल विभागका अनुसार मिसाइल सहरको केन्द्र भागमा खसेको थियो, जसले सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा व्यापक क्षति निम्त्याएको छ । घटनास्थलमा उद्ध...
इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि
काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ । सोमबार इजराइलको हमलामा उनी मारिएको इरान र इजराइल दुवै पक्षले बताएका हुन् । लारिजानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए, जसले मुलुकको सुरक्षा र रणनीति निर्माण ग...
इरान र रुसका राष्ट्रपतिबीच टेलिफोन वार्ता
काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ । वार्तामा मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वको अवस्थाबारे केन्द्रित छलफल भएको जनाइएको छ । मंगलबार राति भएको कुराकानीका क्रममा पुटिनले युद्ध छ...


