बैंकिङ क्षेत्रमा अराजकता फैलाउनेलाई जेल सजाय, राष्ट्र बैंकले दियो अन्तिम चेतावनी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीहरूलाई लक्षित गरी भइरहेका गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केन्द्रीय बैंकले एक विज्ञप्ति जारी गर्दै सरकार, राष्ट्र बैंक र वित्तीय संस्थाहरूको संयुक्त प्रयासबाट सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको अवस्थामा सामाजिक सुरक्षा भत्ता, विप्रेषण र बचत जस्ता आधारभूत सेवा प्रभावित हुने गरी कुनै पनि क्रियाकलाप नगर्न सचेत गराएको छ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को अधिनमा रही कर्जा प्रवाह गर्नु, परियोजनाको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु बैंकहरूको प्रमुख कार्य भएको समेत विज्ञप्तिमा स्मरण गराइएको छ।
राष्ट्र बैंकले बैंकहरूले सर्वसाधारणबाट संकलन गरेको निक्षेप नै कर्जाका रूपमा लगानी गर्ने भएकाले ऋणीले समयमा कर्जा भुक्तानी नगर्दा निक्षेपकर्ताको रकम फिर्ता गर्न समस्या हुने र समग्र तरलतामा गम्भीर प्रभाव पर्ने स्पष्ट पारेको छ।
कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा असहजता भएमा राष्ट्र बैंकले समय(समयमा पुनरसंरचना तथा पुनरतालिकीकरण जस्ता सुविधामार्फत सहजीकरण गर्दै आएको र बैंकिङ कारोबारमा कुनै गुनासो भएमा सम्बन्धित संस्था वा राष्ट्र बैंककै गुनासो सुनुवाइ संयन्त्रमा उजुरी गर्न सकिने व्यवस्था रहेको जनाइएको छ। आधिकारिक बाटो छोडेर गरिने गैरजिम्मेवार व्यवहारले वित्तीय साधन परिचालनमा कठिनाइ उत्पन्न गर्नेतर्फ राष्ट्र बैंकले सबैको ध्यान आकर्षित गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपालमा डिम्याट खाता ७७ लाख नाघ्यो, २६ प्रतिशत सेयर बजारसँग जोडिए
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट ९हितग्राही० खाताको सङ्ख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ । आर्थिक वर्ष २०७७र७८ सम्म नेपालमा करिब १७ लाख हाराहारीमा डिम्याट...
सुनको मूल्यले दिनदिनै बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न
काठमाडौँ । अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ । कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले...
सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु
कास्की । कास्कीको पोखरा महानगरपालिका-३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो।
नेपाल व...
साताभर ७.६६ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?
काठमाडौँ । यस साता नेप्से परिसूचक ७.६६ अंकले बढेर २६१५.०३ विन्दुमा आईपुगेको छ। गत साता २६०७.३७ विन्दुमा बन्द भएको नेप्से यो साता ७.६६ अंक बढेर २६१५.०३ विन्दुमा पुगेको हो । यस साता पाँचै कारोबार दिन बजार खुलेको थियो। यस साता तीन कारोबार दिन नेप्से...
गहुँको समर्थन मूल्यप्रति किसान असन्तुष्ट, लागतसमेत नउठ्ने गुनासो
काठमाडौँ । सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानहरूले असन्तुष्टि जनाएका छन् । सरकारले यस वर्ष गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ९४५ रुपैयाँ तोके पनि सो मूल्यले उत्पादन लागतसमेत नउठ्ने किसानहरूको गुनासो छ ।
पछिल्लो समय पेट्रोल...



