अपराह्नबाट पुनः वर्षा हुने, शुक्रबारबाट देशभर पानी पर्ने
काठमाडौँ । देशका केही स्थानमा आज वर्षासँगै हावाहुरीको सम्भावना छ । केही स्थानमा उच्च गर्मी हुनेछ । काठमाडौंलगायत केही भूभागमा गएरातिदेखि नै वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।
लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै शिक्षक महासंघद्वारा भदौदेखि आन्दोलनको घोषणा
काठमाडौँ । विगतमा भएका सहमतिहरू कार्यान्वयन नभएको र विद्यालय शिक्षा ऐन निर्माणमा ढिलाइ भएको भन्दै नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि फेरि देशव्यापी आन्दोलनमा उत्रने घोषणा गरेको छ । महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकका निर्णयहरू सार...
मध्यपूर्व तनावको प्रभाव : काठमाडौंबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द
काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा इरानको जवाफी कारबाहीपछि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार पूर्वनिर्धारित १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्...
मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । आज दिउँस...
धुलिखेल–खावा सडकखण्डमा रात्रिकालीन यातायात बन्द : दुई हप्ताभित्र कालोपत्र सक्ने लक्ष्य
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन सवारीसाधन आवागमनमा रोक लगाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले उक्त खण्डलाई कालोपत्र पक्की बनाउन शनिबार रातिदेखि दुई हप्ताका लागि सडक बन्द गरेको हो ।
आज र भोलि सतर्क रहन अपिल, जोखिमयुक्त ठाउँमा नजान र सुरक्षित रहन चेतावनी
काठमाडौँ । बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीका कारण आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह तीव्र रूपमा बढ्दै गएकाले मनसुनी गतिविधि थप स...
देशभर मनसुनी वायुको प्रभाव : आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ ।
अहिले देशका हिम...



