शुक्रबार, ०१ साउन २०८३
नेपाली

फेरि हिमपात भयो मुक्तिनाथ क्षेत्रमा

Main News Image

मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएको हो । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेले जानकारी दिए । मुक्तिनाथ आसपासका क्षेत्रमा मध्यम हिमपात भइरहेको सहव्यवस्थापक काफ्लेको भनाइ छ ।

यसअघि जारी सिजनको पहिलो हिमपात कात्तिक १० गते शुरू भएको थियो । योसँगै जारी सिजनमा चौथो पटक हिमपात भएको समितिका सहव्यवस्थापक काफ्ले उल्लेख गरे । यसअघि गएको मङ्गलबार राति मुस्ताङको मुक्तिक्षेत्र र कागबेनीदेखि माथिल्लो क्षेत्रमा भारी हिमपात भएको थियो । गएको मङ्गलबार राति मुस्ताङको उच्चलेकमा पनि आंशिक हिमपात भएको थियो ।


mediabaaji add

सम्बन्धित खबर

२४ घण्टाभित्र देशका विभिन्न ७ स्थानमा आगलागी

काठमाडौँ । सुक्खायाम सुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देश...

ग्यास सिलिन्डर विस्फोट हुँदा विश्वकर्माको मृत्यु

बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, रुपदलापुरमा ग्यास सिलिन्डर विष्फोट हुँदा एकजना युवकको मृत्यु भएको छ । ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गरिरहेका २८ वर्षीय गोविन्द विश्वकर्मा ग्यास सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका थिए । उपचा...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त...

इरानमा पक्राउ परेका नेपाली अमृत झा सकुशल

काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए । उनका अनुसा...

धनुषा घटनाको विरोधमा वीरगञ्जमा तनाव, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

वीरगन्ज । धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा पर्साको वीरगन्जमा मुस्लिम समुदायले उग्र प्रदर्शन गरेका छन् । आइतबार भएको उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगन्जको स्थिति केही समय तन...

काठमाडौँ महानगरमा वैशाख १५ देखि शैक्षिक सत्र ०८३ शुरू हुने

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ को पठनपाठन तथा सम्पूर्ण शैक्षिक गतिविधि वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते एक सूचना जारी गर्दै महानगरभित्रका सबै विद्यालयलाई उ...