बिहिबार, ३२ असार २०८३
नेपाली

युद्धबिराम सुरू भइसकेपछि इजरायलको आक्रमण, २ सय ५४ जनाको मृत्यु

Main News Image

काठमाडौँ । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम सहमति भएको खुसीयाली मनाउन नपाउँदै इजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न घना बस्ती भएका व्यापारिक र आवासीय क्षेत्रहरूमा कुनै पूर्वजानकारी बिना नै भयानक हवाई आक्रमण गरेको छ ।

लेबनानको नागरिक रक्षा विभागका अनुसार बुधबार भएको यो आक्रमणमा कम्तीमा २५४ जनाको ज्यान गएको छ भने १,१६५ भन्दा बढी मानिस घाइते भएका छन् । लेबनानका स्वास्थ्य मन्त्री राकान नासेरेद्दिनले इजरायलले देशैभरि १०० भन्दा बढी हवाई हमला गरेको र यसले स्थितिलाई अत्यन्तै खतरनाक मोडमा पुर्‍याएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय संस्थाहरूलाई लेबनानको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आपतकालीन अपिल समेत गरेका छन् ।

इजरायली सेनाले यसलाई मार्च २ देखि सुरु भएको सैन्य अभियानकै सबैभन्दा ठूलो र योजनाबद्ध आक्रमण भनेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले यी आक्रमणहरू हिजबुल्लाहका सैन्य संरचना र कमाण्ड सेन्टरहरूलाई लक्षित गरी गरिएको दाबी गरेका छन् । उनले यसलाई सन् २०२४ को ‘पेजर बम’ अपरेसनपछिको सबैभन्दा ठूलो प्रहार भनेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन

काठमाडौँ। अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार पाँच सय ९८ जनामा गर...

अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु

काठमाडौँ ।  अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् । मार्चको अन्त्यदेखि अफगानिस्तानमा आँधीबेहरीसँगै बर्षा भएको छ, जसले बाढ...

हर्मुज खोल्ने मागमा चीन-रूसको भिटो, राष्ट्र संघको प्रस्ताव अस्वीकार

काठमाण्डौँ । इरान संकटको बीचमा संयुक्त राष्ट्र संघमा हर्मुजको नाका खोल्ने प्रस्ताव पारित हुन सकेन । रूस र चीनले यसलाई भिटो गरे । मिडिया रिपोर्टका अनुसार प्रस्तावमा कुनै सैन्य कारबाहीको लागि आह्वान गरिएको थिएन । यो प्रस्ताव बहराइनले पेश गरेको थियो।...

हर्मुजमा अमेरिकी नाकाबन्दीको असर : इरानले गुमायो झन्डै ५ अर्ब डलर आम्दानी

काठमाण्डौँ । सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज हर्मुज जलडमरूमध्यमा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका कारण इरानले ठूलो आर्थिक क्षति बेहोरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको हालैको रिपोर्टलाई उद्धृत गर्दै विभिन्न...

हिन्द महासागरम डुङ्गा दुर्घटना हुँदा २५० जना बेपत्ता

काठमाडौँ । बंगलादेशबाट मलेशियातर्फ जाँदै गरेको डुङ्गा हिन्द महासागरको पूर्वी किनारस्थित अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा करिब २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा रोहिङ्ग्या र बंगलादे...

हर्मुज जलमार्ग खुलाउन दक्षिण कोरियाले शुरू गर्‍यो इरानसँग संवाद

काठमाडौँ । पश्चिम एसियाको द्वन्द्व चौथो हप्तामा प्रवेश गर्न लाग्दा दक्षिण कोरियाले विश्वकै प्रमुख व्यापारिक मार्ग ’हर्मुज जलमार्ग’ लाई सामान्य बनाउन इरान लगायतका मुलुकहरूसँग सक्रिय संवाद सुरु गरेको छ ।  विश्वको कुल तेल व्यापारको २० प्रतिशतभन्...