बिहिबार, ३२ असार २०८३
नेपाली

इरानी आक्रमणबाट ८८ जना घाइते भएपछि इजलायलद्वारा संकटकाल घोषणा

Main News Image

काठमाडौँ । इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुर्‍याएको छ । स्थानीय दमकल विभागका अनुसार मिसाइल सहरको केन्द्र भागमा खसेको थियो, जसले सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा व्यापक क्षति निम्त्याएको छ । घटनास्थलमा उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ। आक्रमणपछि इजरायल सरकारले अराद क्षेत्रमा संकटकाल लागू गरेको छ ।

सञ्चारमाध्यमका विवरणअनुसार घटनामा कम्तीमा ८८ जना घाइते भएका छन् । इजरायली आपत्कालीन सेवाले घाइतेहरूको उपचार भइरहेको जानकारी दिँदै एक पाँच वर्षीया बालिकाको अवस्था गम्भीर रहेको जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने अमेरिकाको घोषणा

काठमाडौँ । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वासिङटन डीसीस्थित राष्ट्रपति भवननजिकै बुधबार दुई जना नेसनल गार्डलाई गोली हानिएपछि अमेरिकाले विदेशी नागरिकलाई शरण दिने सबै निर्णय...

जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टीलाई भारी बहुमत

काठमाडौँ । आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी९एलडिपी० ले ऐतिहासिक विजय हासिल गरेको छ । यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो । ४६५ सिटको तल्लो सदनमा दुई तिहाईको...

मेक्सिको भूकम्प अपडेट : कम्तीमा २ जनाको मृत्यु, १२ घाइते

काठमाण्डौँ । मेक्सिकोमा शुक्रबार ६.५ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । सञ्चारमाध्यम सीबीएसका अनुसार शुक्रबार साँझ मेक्सिकोको दक्षिणी र मध्य भागमा भूकम्पको धक्का महसुस गरिएको हो । जसमा परी गुरेरो राज्यमा ५० वर्षीया महिल...

बङ्गलादेशमा युनुस युगको अन्त्य, रहमानको शपथ आज

काठमाडौँ । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले आफ्नो कार्यकाल समाप्त भएको घोषणा ग...

राष्ट्र सङ्घ महासचिवमा चार दाबेदार, चाख घट्दो, समस्या बढ्दो

काठमाण्डौँ । संयुक्त राष्ट्र सङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य रूपमा सीमित प्रतिस्पर्धामा देखिएको छ । सन् २०१६ मा १३ जना उम्मेदवारबीच भएको खुला र उत्साहजनक प्रतिस्पर्धाको तुलनामा अहिले केवल चार जना दाबेदार मात्र औपचारिक प्रस्तुतिका...

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको ट्रम्पको खुलासा

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी साढे तीन महिना लामो युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको दाबी गरेका छन् । फ्रान्सको एभियानमा जारी जीसेभेन शिखर सम्मेलनका क्रममा सोमबार फ्रान्सेली राष्ट्रपति इमा...