बिहिबार, ३२ असार २०८३
नेपाली

इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार

Main News Image

काठमाडौँ । मध्यपूर्वमा जारी युद्ध सुरु भएयता इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये करिब ९२ प्रतिशतलाई आकाशमै निष्क्रिय पारिएको इजरायलले जनाएको छ । दक्षिणी इजरायलका दुई शहरमा इरानी आक्रमणबाट कम्तीमा १७५ जना घाइते भएको भोलिपल्ट इजरायली सेनाले उक्त तथ्यांक सार्वजनिक गरेको हो । इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल नदाभ शोशानीका अनुसार इरानले हालसम्म ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।

हामीसँग उच्च अवरोध क्षमता छ । करिब ९२ प्रतिशतभन्दा बढी क्षेप्यास्त्र आकाशमै निष्क्रिय पारिएका छन्, उनले पत्रकार सम्मेलनमा भने । शनिबार आक्रमण भएका शहरमध्ये डिमोना पनि एक हो, जहाँ इजरायलको अघोषित परमाणु शस्त्रागार रहेको विश्वास गरिन्छ । उक्त आक्रमणको प्रभाव आणविक केन्द्रबाट करिब पाँच किलोमिटर दूरीमा परेको जनाइएको छ । 

नजिकैको अर्को शहर अरादमा भने धेरै भवनमा क्षति पुगेको छ । शोशानीका अनुसार शनिबार प्रहार गरिएका केही क्षेप्यास्त्रहरू पहिले प्रयोग भएका ब्यालिस्टिक क्षेप्यास्त्रभन्दा फरक प्रकृतिका थिए, र यस्ता चारवटा मात्र प्रयोग गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

अमेरिका-इरान शान्ति वार्ताको पहल : पाकिस्तान सक्रिय

इस्लामावाद । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावलाई मत्थर पार्न र सम्भावित युद्ध रोक्न पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेल्न सुरु गरेको छ । यसै प्रयास अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब पुगेका छन् भने सेना प्रमुख जनरल...

अमेरिका र इरानबीच १४ बुँदे समझदारी

काठमाडौँ । संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी अन्तिम सम्झौताका लागि १४ बुँदे समझदारी पत्र एमओयूमा सहमति भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध...

‘टोकियो सप्ताह’को तयारी पूरा,पण्डित दीनबन्धु टोकियोमा

टोकियो । आगामी साता जापानको टोकियोमा हुन लागेको ‘टोकियो सप्ताह-२०२५' को तयारी लगभग पूरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो ।

इजरायल, अमेरिका र इरानबीचको युद्धमा परी इरानमा ७४२ को मृत्यु

काठमाडौँ । आज इजरायल, अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । सो क्रममा अहिलेसम्म इरानमा ७४२ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । मारिनेमा १७६ बालबालिका हुन् । अलजजीराको रिपोर्ट अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हालसम्म...

अमेरिकी राष्ट्रपति ट्रम्प इरानसँगको शान्ति वार्ताका लागि रणनीति तयार गर्दै

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको युद्धमा सहयोगीहरूको साथ नपाएको र घरेलु मोर्चामा पनि घेरिँदै गएपछि, अब उनले यसबाट उम्कनका लागि सम्मानजनक शान्ति मार्ग खोजिरहेका छन् । उनको टोली अहिले इरानसँग सम्भावित शान्ति वार्ता शुरू गर्नका...

पश्चिम बंगालमा भीषण आगलागी, मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । भारतको पूर्वी राज्य पश्चिम बंगालमा दुईटा जोडिएका गोदाममा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । धेरै व्यक्ति अझै बेपत्ता भएको सरकारी प्रसारक अल इन्डिया रेडियो एआईआरले जनाएको छ । पश्चिम बंगा...