बिहिबार, ३२ असार २०८३
नेपाली

आईपीएल : राजस्थान रोयल्सको सानदार जित, बेंगलुरु ६ विकेटले पराजित

Main News Image

काठमाण्डौँ । गुवाहाटी इण्डियन प्रिमियर लिग आईपीएल २०२६ को १६औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले पराजित गरेको छ । गुवाहाटीको बरसापारा स्टेडियममा भएको खेलमा बेंगलुरुले दिएको २०२ रनको बलियो लक्ष्यलाई राजस्थानले १८ ओभरमै मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानको जितमा युवा ब्याटर वैभव सूर्यवंशी र ध्रुव जुरेलले उत्कृष्ट प्रदर्शन गरे। वैभव सूर्यवंशीले मात्र २६ बलमा ७८ रनको विष्फोटक इनिङ खेले, जसमा ७ छक्का र ८ चौका सामेल थिए। उनले मात्र १५ बलमा अर्धशतक पूरा गर्दै बेंगलुरुका बलरहरूलाई दबाबमा राखेका थिए । ध्रुव जुरेलले ४३ बलमा ८१ रन बनाउँदै नटआउट रहे र टोलीलाई जितसम्म पुर्‍याए। सूर्यवंशी र जुरेलबीच १०८ रनको साझेदारी भएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०१ रन बनाएको थियो ।

कप्तान रजत पाटीदारले ४० बलमा ६३ रनको कप्तानी इनिङ खेले । विराट कोहलीले १६ बलमा ३२ रन जोडे भने इम्प्याक्ट प्लेयरका रूपमा आएका भेङ्कटेश अय्यरले २९ रनको योगदान दिएका थिए ।


mediabaaji add

सम्बन्धित खबर

रोहित बने विश्वकै सबैभन्दा बढी छक्का हान्ने खेलाडी

काठमाडौँ । भारतीय क्रिकेटर रोहित शर्मा एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी छक्का हान्ने खेलाडी बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध राँचीमा भइरहेको एक दिवसीय क्रिकेटमा तीन ओटा छक्का प्रहार गरेसँगै रोहित विश्वकै सर्वाधिक छकका...

राष्ट्रिय महिला फुटबल टीमको विदाई, चाइनिज ताइपेईसँगै इन्डोनेसियालाई हराउँदै उपाधि जित्ने लक्ष्य

काठमाडौँ । इन्डनेसियामा आयोजना हुने मैत्रीपूर्ण त्रिदेशीय प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टीमलाई विदाई गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच एन्फा पदाधिकारीहरुले नेपाली राष्ट्रिय...

ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौँ । सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानलाई १९.४ ओ...

स्कटल्यान्डविरुद्ध नेपाललाई ७ विकेटको जित

काठमाडौँ । टी–२० विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध सात विकेटको जित हासिल गरेको छ । टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। नेपाललाई स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएकोमा नेपालले सात विकेटको जित निकालेको हो ।

स्कटल्य...

नेपालले भारतलाई ९२ रनले हरायो

काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभर...

विश्वकपमा मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अमेरिकाको मियामीमा जारी फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा गोल गर्दै मेस्सी विश्वकप इतिहासमा लगातार आठ खेलमा...