शुक्रबार, ०१ साउन २०८३
नेपाली

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा मात्र प्रयोग गर्ने निर्णय रोक्न अन्तरिम आदेश

Main News Image

काठमाडौँ । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा मात्र प्रयोग गर्ने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त निर्णय हालका लागि लागू नगर्न आदेश दिएको हो ।

अधिवक्ता रामबहादुर राउत मातृदासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनी नेपाललाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा देवनागरी लिपिलाई विस्थापित गरी अंग्रेजी भाषा मात्र प्रयोग गर्ने निर्णय संविधान र प्रचलित कानुन विपरीत रहेको दाबी गरिएको छ। अदालतले यस विषयमा अन्तिम निर्णय नभएसम्म इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा मात्र प्रयोग हुने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो।

mediabaaji add

सम्बन्धित खबर

देशका सबै विमानस्थलमा २४ घण्टाभित्रै स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता सुनिश्च...

मागको एकतिहाइ मात्रै आपूर्ति हुँदा ग्यास अभाव भयोः विभाग

काठमाडौँ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मागको तुलनामा न्यून ग्यास आपूर्ति भएकाले बजारमा अभाव कायम रहेको निष्कर्ष निकालेको छ । सोमबार दिउँसो विभागले आयल निगम र गुणस्तर तथा नापतौल विभागसहित चारवटा टोली संयुक्त अनुगमन...

हिमाली क्षेत्रमा हल्का हिमपात र तराईका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागसहित अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । कोशी प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

<...

सामाजिक सद्भाव कायम गर्न गृहको १० बुँदे निर्देशन

काठमाडौँ । धार्मिक तथा सामाजिक सद्भाव खलबलिन थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ । गैरकानुनी गतिविधिमा संलग्न जो–कोहीलाई तत्काल कानुनी दायरामा ल्याउन र कारबाही प्रक्रिया अघि बढाउन प...

आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर साधारणतया बा...

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली भूभागको थोरै...