स्थानीय तहले राजमार्गमा कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले उठाउने कर तथा सडक उपयोग शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ ले भदौ २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणसम्बन्धी रिट निवेदनमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
संयुक्त इजलासमा न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश बालकृष्ण ढकाल उपस्थित थिए । निवेदक तर्फ वरिष्ठ अधिवक्ता उद्धवप्रसाद चौलागाईं र अधिवक्ता वकिलप्रसाद गौतम ले बहस गरेका थिए । विपक्षी तर्फ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका उपन्यायाधिवक्ता कैलाश खत्री ले बहस गरेका थिए । जीतपुर–सिमरा उपमहानगरपालिकाका तर्फबाट अधिवक्ता विद्यादेवी कटुवाल र जीवनबहादुर बस्नेत उपस्थित थिए ।
निवेदनमा स्थानीय तहले अनधिकृत रूपमा सवारी साधनबाट सडक उपयोग शुल्क तथा कर असुली गरेको आरोप लगाइएको थियो र त्यसलाई तत्काल रोक्न अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
कोशी र गण्डकीमा भारी वर्षाको चेतावनी, देशका अन्य भागमा यस्तो छ अवस्था
काठमाडौँ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ । कोशी, मधेस, बागमती, गण्डकीसहित लुम्बिनी, कर्णा...
बनेपामा टिपरको ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत, टिपर चालक पक्राउ
काठमाण्डौँ । बनेपामा टिपरले ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत भएको छ । मृतक काभ्रेको धुलिखेल नगरपालिका ८ घर भइ हाल धुलिखेल नगरपालिका ५ बस्ने अन्दाजी ३१ वर्षीय ओमन प्रधान रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटन...
काठमाडौं महानगरपालिकाले भन्यो : नदीको दायाँबायाँमा लगाएको निर्माणको प्रतिबन्ध हट्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ बायाँ भवन निर्माण अनुमतिमा यसअघि लगाइएको प्रतिबन्ध हटाएको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नदीको दायाँ बायाँ भवन निर्माण गर्न अनुमति दिइएको जनाएको...
मौसम पूर्वानुमान : उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज...
हुस्सुका कारण बुद्ध एयरको काठमाडौं विमानस्थल बन्द
काठमाडौँ । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण काठमाडौं विमानस्थल बन्द गरेको छ । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण उडान हुन समस्या आएपनि यात्रुहरूको सुरक्षाको लागि काठमाडौं विमानस्थल बन्द गरेको हो । विमानस्थल खुल्न अझै केही समय लाग्ने बुद्ध एयरले...
मौसम पूर्वामानुमान : उच्च पहाडी भेगमा हिमपात र वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छभन...



