बुधबार, ३१ असार २०८३
नेपाली

कानूनका भाषा र ढाँचाहरूमा एकरुपता ल्याउन तालिमको व्यवस्था गर्न निर्देशन

Main News Image

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले कानून निर्माणको ढाँचा, शब्द आदीको विषयमा एकरुपता ल्याउनको लागि तालिमको व्यवस्था गर्ने निर्देशन दिएको बताएका छन् । आइतबार विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा उनले कानून निर्माणको सन्दर्भमा थुप्रै विषयहरु उठेको भन्दै कानुनका भाषा र ढाँचाहरुमा सकेसम्म एकरुपता ल्याउन जनशक्तिहरुलाई तालिमको व्यवस्था गर्न निर्देश गरेको बताए ।

उनले भने, ‘मेरो तर्फबाट पनि कमी कमजोरीहरु धेरै देखिएका छन् । आफैंले पनि मूल्यांकन गर्दैछु। कानून निर्माणको सन्दर्भमा उठेका विषयमा, त्यसको ढाँचा, शब्दको विषयमा एकरुपता ल्याउनुपर्ने कुरामा मन्त्रालयमा आउने वित्तिकै पहिलो निर्णय नै यसको लागि तालिमहरु दिन सुरु गर्नु भन्ने थियो। हाम्रो कानूनका भाषा र ढाँचाहरुमा सकेसम्म एकरुपता हुनुपर्छ भन्ने हो । यसको लागि भएको जनशक्तिहरुलाई तालिमको व्यवस्था गर्नु भनेर एउटा समिति नै बनाएर त्यसको लागि अध्ययन सुरु गरेका थियौं ।’

यस्तै, उनले कानून निर्माणको सन्दर्भमा त्रुटि र ढिलाई हुन सक्ने भन्दै अब कानून बनाउनको लागि समय तोक्ने र ढिला नगर्ने आश्वासन पनि दिएका छन् । उनले भने, ‘कानून मन्त्रालयले सुधार गर्नुपर्ने कुरामा कुनै विवाद छैन् । सुधारको क्रम सँधैैँ चल्ने कुरा नै हो । कानून निर्माणको सन्दर्भमा कतै कतै त्रुटि र ढिलाई हुन सक्छ । अब कानून बनाउनको लागि यति समय भनेर समय तोक्ने योजना पनि गरेका छौ । अब ढिला नगर्ने आश्वासन पनि दिन चाहन्छु ।’

अनुगमनको काममा भने मन्त्रालय कमजोर नै हो कि भन्ने लागेको भन्दै यसको लागि क्षमायाचना गर्दै सुधार ल्याउने कुरामा ध्यान दिने पनि उनको भनाई छ ।

mediabaaji add

सम्बन्धित खबर

७ दलिय गठबन्धनले विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्दै

जनकपुर । मधेश प्रदेशमा हालै बनेको ७ राजनितिक दलहरुको गठबन्धनले आज जनकपुरधामसहित प्रदेशभर विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ । हिजो अबेर राति प्रेस विज्ञप्ती जारी गर्दै सात दलिय गठबन्धनले आज बिहान ८ः३० बजे देखि...

रास्वपाका नवनिर्वाचित नेतृत्वद्वारा शपथ ग्रहण, पार्टीलाई थप संगठित बनाउने संकल्प

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच पार्टी सभापति रवि...

राजुनाथ पाण्डेले काठमाडौँ–३ बाट गरे उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् । बस्नेत मंगलबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता...

वडा-वडामा मतदाता दर्ता अभियानमा सक्रिय हुन कांग्रेस महामन्त्रीद्वयको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका मातहतका सबै संगठनलाई मतदाता नामावली अद्यावधिकमा सक्रिय हुन निर्देशन दिएका छन् । निर्वाचन आयोगले आगामी कात्तिक ३० गतेसम्म नयाँ मतदाता द...

वाम एकता होइन, सुधारिएको एमाले बनाऔँ : सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको एकताभन्दा पनि पार्टीको सुधारमा ध्यान दिनुपर्ने बताएका छन् । उनले पार्टीको पुनर्निर्माणमा विशेष गरी युवा पुस्तालाई सामेल गरिनु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे ।

पाण्डेले सामाजिक...

पार्टीभित्रका विगतका कुरा थाती राखेर निर्वाचनमा होमिनुपर्छ : अग्नि सापकोटा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता अग्नि सापकोटाले विगतका कुरालाई थाती राखेर निर्वाचनमा केन्द्रीत हुन आग्रह गरेका छन् । प्रेस सेन्टर नेपालको २२औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटाले पार्टीभित्र नमिले...