बिहिबार, ३२ असार २०८३
नेपाली

सडकपेटीमा व्यापार नगर्न निर्देशन

Main News Image

काठमाडौँ । उदयपुरको सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय नगर्न त्रियुगा नगरपालिकाले आग्रह गरेको छ । यसका लागि नगरपालिकाले २२५ फुटपाथ व्यापारी तथा व्यवसायीलाई सचेतना प्रशिक्षण समेत सञ्चालन गरेको प्रमुख बसन्त बस्नेतले जानकारी दिए ।   

त्रियुगा नगरपालिका नगर प्रहरी प्रमुख सोबित बोटले गाईघाट बजारको मुख्य सडकमा व्यापार व्यवसाय सञ्चालन गर्दा आवागमनमा अवरोध भएको बताए ।  उनले भने,“बजार क्षेत्रका सडकपेटीहरुमा लामो समयदेखि फुटपाथ व्यापारीहरुले पेटी कब्जा गर्ने र अवरोध गरी व्यापार–व्यवसाय गर्दै आएकाले पटक पटक यसो नगर्न भन्दा पनि अटेरी गरेपछि बल प्रयोग गर्नभन्दा पहिला राम्ररी सम्झाई–बुझाई गर्न र उनीहरुलाई सचेतना जगाउन प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरेका हौँ ।”

नगर प्रमुख फुटपाथ व्यापार–व्यवसाय गर्न वैकल्पिक रुपमा नगरपालिकाले बजारका सडक छेउछाउकै अन्य जग्गाहरु उपलब्ध गराउने र केही व्यापारीहरुका लागि उपलब्ध गराउँदै आएको नगर प्रमुख बस्नेत बताए । बजारको मुख्य सडकपेटीमा कपडा, खुद्रा व्यापारदेखि मकै पोलेर बिक्री गर्ने माछा, फलफूलहरु बिक्री गर्ने, जुत्ताचप्पल सहितका व्यापारहरु सडकपेटी कब्जा गरेर पसल सञ्चालन गर्ने गरेको कारण सडकपेटीमा हिँड्नेहरुले सास्ती भोग्नु  परेको  नगरपालिकाले जनाएको छ । 


mediabaaji add

सम्बन्धित खबर

नेशनल लाईफले दियो कोशी प्रदेशका अभिकर्ताहरुलाई १ दिने तालिम

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ ?

काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै अब सर्वसाधारणका लागि जारी ग...

अमेरिकी डलर र पाउन्डको मूल्य बढ्यो : यस्तो छ आजको विदेशी मुद्राको सटही दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको नयाँ सटही दर निर्धारण गरेको छ  । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलरको भाउमा वृद्धि देखिएको छ, जसको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ कायम भएको छ । युरोपियन य...

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको प्राथमिकता

काठमाडौँ । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ ।

प्रसारण लाइन निर्माणमा देखिएक...

बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता,आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी...

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टिते...