सोमबार, २२ भदौ २०८३
नेपाली

भारत तेस्रो पटक टी–२० विश्वकप च्याम्पियन

Main News Image

काठमाडौँ । आयोजक भारतले टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । फाइनल खेलमा न्युजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले तेस्रो पटक टी–२० विश्वकप जित्न सफल भएको हो। फाइनलमा पहिले ब्याटिङ गरेको भारतले २५६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा न्युजिल्याण्ड १५९ रनमै समेटिएपछि भारत सहज जितसहित च्याम्पियन बनेको हो ।

यसअघि भारतले सन् २००७ र २०२४ मा टी–२० विश्वकप जितेको थियो। पछिल्लो जितसँगै भारतले प्रतियोगिताको तेस्रो उपाधि उचालेको छ। उता न्युजिल्याण्ड भने फेरि पनि उपाधिबाट वञ्चित भएको छ। बलियो टोलीका रूपमा चिनिए पनि न्युजिल्याण्डले अहिलेसम्म टी(२० विश्वकप जित्न सकेको छैन। यसअघि २०२१ को टी(२० विश्वकपमा पनि न्युजिल्याण्ड फाइनलमा पुगेको थियो, तर अष्ट्रेलियासँग पराजित हुँदै उपाधिबाट टाढा रहनुपरेको थियो।

mediabaaji add

सम्बन्धित खबर

आइसीसी टी-२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो ।

...

नेपालले भारतलाई ९२ रनले हरायो

काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटिय...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जीत, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत...

आजदेखि एनपीएलको दोस्रो संस्करण, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ ।  काठमाडौंको कीर्तिपुर...

विश्वकपमा मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । अमेरिकाको मियामीमा जारी फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा गोल गर्दै मेस्सी विश्वकप इतिहासमा लगातार आठ खेलमा...

क्रिकेट विश्वकपको उपाधिबाट चुक्यो नेपाल, फाइनलमा पराजित

काठमाडौँ । कोलम्बोमा आयोजित ‘पहिलो दृष्टिविहीन महिला टी २० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई सात विकेटले पराजित गर्दै उपाधि जितेको छ । पहिले ब्याटिङ गरेको नेपालले २० ओभर...