वित्तीय सेवामा नेपालीको पहुँच बढ्दै : सूचकाङ्कमा उल्लेखनीय सुधार
काठमाडौँ । नेपालमा वित्तीय सेवाको पहुँच, प्रयोग र गुणस्तरमा उत्साहजनक सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकाङ्कअनुसार आर्थिक वर्ष २०२४र२५ मा समग्र सूचकाङ्क शून्य दशमलव ४७ बाट बढेर शून्य दशमलव ५३ पुगेको छ ।
राष्ट्र बैङ्कको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले प्रकाशन गरेको प्रतिवेदनले सेवा विस्तार र डिजिटल माध्यमको बढ्दो प्रयोगका कारण यो प्रगति सम्भव भएको देखाएको हो । बैङ्कका अनुसार वित्तीय सेवामा भएको पहुँच विस्तार र सेवाको गुणस्तरमा आएको सुधारले समावेशीकरणमा स्थिर र व्यापक प्रगति भएको देखिन्छ ।
मानव विकास सूचकाङ्ककै विधि अपनाएर शून्यदेखि एकको मापनमा आधारित भई यो रिपोर्ट तयार पारिएको हो । यसमा पहुँच, प्रयोग र गुणस्तर गरी तीनवटा आयामअन्तर्गत ५५ वटा विभिन्न सूचकहरूलाई आधार मानिएको छ ।
प्रतिवेदनअनुसार पहुँच सूचकाङ्क शून्य दशमलव ५३ पुगेको छ, जसले देशभर वित्तीय संस्था र डिजिटल सेवाका केन्द्रहरूको सञ्जाल विस्तार भएको पुष्टि गर्छ। त्यस्तै, बैङ्किङ र डिजिटल भुक्तानी जस्ता सेवामा सर्वसाधारणको संलग्नता बढ्दा प्रयोग सूचकाङ्क शून्य दशमलव ५४ पुगेको छ भने सेवाको पारदर्शिता र ग्राहक अनुभवमा आएको सुधारले गुणस्तर सूचकाङ्क शून्य दशमलव ५० मा पुगेको छ ।
केन्द्रीय बैङ्कले वित्तीय साक्षरतामा भएको वृद्धि र उपभोक्ता संरक्षण संयन्त्रको सुदृढीकरणले यो सफलता मिलेको उल्लेख गरेको छ । नीतिगत पहल, डिजिटल नवप्रवर्तन र नियामक सुधारले सकारात्मक प्रभाव पारेको भन्दै राष्ट्र बैङ्कले आगामी दिनमा डिजिटल पूर्वाधारलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएको छ ।
वित्तीय साक्षरताको प्रवद्र्धन र उपभोक्ता केन्द्रित सेवालाई निरन्तरता दिन सकेमा मात्र यो प्रगतिले दिगो रूप पाउने बैङ्कको ठहर छ । यस प्रतिवेदनले नेपाली अर्थतन्त्रमा डिजिटल बैङ्किङको भविष्य उज्ज्वल रहेको सङ्केत गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
एनआरएनएले ट्राफिक कन्ट्रोल रुम निर्माणपछि करिब तीन करोडको मेसिन खरिद गरिदिने
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणलाई तिब्रता दिएको छ ।
देशका सबै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने क...
१६६ संस्थालाई १६ प्रकारका खनिज उत्खनन गर्न अनुमति
काठमाडौँ । खानी तथा भूगर्भ विभागले विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननका लागि अनुमति प्रदान गरेको छ । स्वदेशमा रहेका खनिज सम्पदाको अन्वेषणमार्फत खनिजजन्य उद्योगको विकास गर्दै औद्योगिक उत्पादन र आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्यले अन...
सुनचाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सो सुनको प्रतितोला ३ लाख ४ हजार...
अर्थ समितिमा उठेका प्रश्नको १० दिन भित्र प्रतिवेदनसहित बुझाउन बीमा प्राधिकरणलाई निर्देशन
काठमाडौँ । अर्थ समितिमा उठेका प्रश्नको १० दिन भित्र प्रतिवेदनसहित बुझाउन बीमा प्राधिकरणलाई निर्देशन दिएको छ । आज भएको छलफलमा समिति सभापतिले सो निर्देशन दिएका हुन् ।
छलफलमा बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक स...
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने
काठमाडौँ । एनएमबि बैंकले ग्राहकका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकलाई व्यक्तिगत र साना तथा मझौला कर्जा आवेदनको जानकारी वास्तविक समयमा ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।...
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ...



