बिहिबार, २५ भदौ २०८३
नेपाली

कुलपति भूपाल राईद्वारा धरान स्रष्टा पार्कको समूद्घाटन र १३ जना सष्टाको प्रतिमा अनावरण

Main News Image

प्राज्ञ चेतनाथ धमला

   धरान,चैत्र १३ गते, शुक्रबार। सुनसरीस्थित 

 धरान उपमहानगरपालिका वडा नं १३ मा निर्माण गरिएको स्रष्टा पार्क नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्घाटन तथा प्रतिमा अनावरण गर्नुभयो । धरानमा रहेर भाषा ,साहित्य र कलाको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने स्रष्टाहरू छविलाल पोख्रेल , महानन्द सापकोटा, गमबहादुर लम्जेल (लम्जेल सङ्घर्षशील),रामानन्द घराल,जगदीश नेपाली, कर्ण मास्के, मानबहादुर शाक्य, बेणु आचार्य, टङ्क घिमिरे, जितमान राई ,कृष्ण पाख्रिन , गोविन्द विकल र विमल गुरुङ लगायत १३जना स्मृतिशेष स्रष्टाका प्रतिमाको अनावरण उहाँले गर्नुभयो। यस बारेको एक जिज्ञासामा कुलपति राईले भन्नु भयो -"दीर्घसेवी स्रष्टाको प्रतिमा निर्माणले उनीहरूको योगदानलाई कालान्तरसम्म सम्झाइरहने छ।धरानले स्रष्टा पार्क र प्रतिमा निर्माण गरेर ऐतिहासिक कार्यको थालनी गरेको बताउनुभयो "।

      धरान उपमहानगरपालिकाका वर्डा न १३ का अध्यक्ष नेत्र काफ्लेले स्रष्टापार्क स्थापना र स्रष्टाको शालिक अनावरण बारे जानकारी प्रस्तुत गर्नुभएको थियोे। धरान साहित्य, कला तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित दुई दिने अन्तराष्ट्रिय महोत्सवको पहिलो दिनको यो कार्यक्रम नगर परिक्रमासहित भव्यताका साथ सम्पन्न भयो। कार्यक्रम बारे धरानका पत्रकार तथा साहित्यकार जमुना श्रेष्ठले जानकारी दिनुभयो।

mediabaaji add

सम्बन्धित खबर

इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ - कुलपति राई

      • नेपाल -प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वाराआयोजित मातृभाषा साहित्यको ३० ओैँ शृङ्खलामा सिर्जना,संवाद , विमर्श ,कविता वाचन तथा ज्योमोलाङ्मा' सार्वजनिकीकरण प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्...

‘गोपाल पाँडे असीम पुरस्कार’ तथा ‘लेबाल त्रिरत्न पुरस्कार’ प्रदान

काठमाडौँ ।  नेपाली शिक्षा परिषद्ले संस्थाको ७६औँ वार्षिकोत्सव तथा परिषद्का संस्थापक गोपाल पाँडे असीमको ११४औँ जन्मजयन्तीका अवसरमा दुई पुरस्कार प्रदान गरेको छ । 

आइतबार सोह्रखुट्टे काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रश...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार राति पौने १ बजे निधन भएको कान्छा छोरा डा विभाष लाभले जानकारी दिएका छन् ।

परिवारका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्य...

भानुभक्तको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा-साहित्यको समृद्धिमा लागौँ : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरण मात्र नगरी उनले देखाएको मार्गलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा(प्रतिष्ठानमा आय...

कवि तेजप्रकाश श्रेष्ठको नयाँ कृति ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक

काठमाडौँ। अग्रज साहित्यकार तथा कवि तेजप्रकाश श्रेष्ठको नयाँ कवितासङ्ग्रह ‘जाँगरको कल्पवृक्ष’ सार्वजनिक गरिएको छ । ठमेलस्थित चिवहालमा आयोजित कार्यक्रममा भुवनहरि सिग्देल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा।डा। कपिल लामिछाने, छविरमण सिलवाल, प्रदीप सापकोटा र...

जनमत सम्मानद्वारा प्रतिभा सम्मानित : जेनजी विद्रोहद्वारा पुरानो संस्कृतिको विनिर्माण तथा नयाँ युगको थालनी' -कुलपति राई

चेतनाथ धमला

 

    मिडियाबाजी डटकम काठमाडौँ,पौष १ । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्सबको पहिलोचरणको सम्मान कार्यक्रम आयोजना गरेको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति...