कात्तिक महीनामा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुनले कति दिन्छन् ?
काठमाडौँ । वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि प्रकाशित गरेको ब्याजदर अनुसार निक्षेपको अधिकतम औषत ब्याजदर घटेको देखिएको छ । असोज महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ०.२६ प्रतिशतले घटेर ५.२० प्रतिशतमा झरेको छ ।त्यसैगरी असोज महीनामा संस्थागततर्फ अधिकतम औषत ब्याजदर ३.८७ प्रतिशत रहेकोमा कात्तिक महीनामा ०.२२ प्रतिशतले घटेर ३.६५ प्रतिशतमा झरेको छ ।
हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये व्यक्तिगततर्फ १४ वटा बैंकहरूले निक्षेपको ब्यादजर घटाएका छन् भने ६ वटा बैंकले स्थिर राखेका छन्। यता संस्थापकतर्फ १० वटा बैंकले ब्याजदर घटाउँदा ९ वटाले भने स्थिर राखेका छन्।
कात्तिकका लागि माछापुच्छ्रे बैंक र एनएमबि बैंकले सबैभन्दा बढी अर्थात् १ प्रतिशतले ब्याजदर घटाएका छन् भने नबिल बैंकले ०.५५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ०.५० प्रतिशत, प्रभु बैंकले ०.४० प्रतिशत तथा सिटिजन, एभरेष्ट, लक्ष्मी सनराइज र एनआईसी एशिया बैंकले समान ०.२५ प्रतिशत, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१८ प्रतिशत र कृषि र सानिमा बैंकले ०.१० प्रतिशतले व्यक्तिगततर्फ निक्षेपको ब्याजदर घटाएका छन् ।
ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, कुमारी बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले असोज महीनाकै ब्याजदरलाई कात्तिकमा पनि यथावत् राखेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
अब अनलाइनबाटै धितो बन्धकी हुने
काठमाडौँ । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरूमा अनलाइन धितो बन्धकी प्रणालीलाई अनिवार्य गर्ने भएको छ । सरकारको नतिजामा आधारित शासकीय प्रवन्ध र डिजिटल नेपालको लक्ष्य अनुरूप सेवालाई छिटो, सहज, र बिचौलियामुक्त बनाउन यो...
वीरगञ्ज नाका हुँदै ९ महिनामा भित्रिए तीन अर्बको विद्युतीय सवारीसाधन
पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको...
नेप्सेमा ९.२३ अंकको वृद्धि, ९ अर्ब माथिको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज १६२ कम्पनीको सेयर मूल...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले समायोजन गरेको पेट्रोल, डिजेल र मट्टीतेलको नयाँ मूल्य अनुसार आजदेखि पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रत...
सिंगटी हाइड्रोले १०० प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौँ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको हो । एक कार्यक्रमबीच सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुदिप...



