शनिबार, ०२ साउन २०८३
नेपाली

फागुन २१ को चुनावमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने

Main News Image

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ ।  आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई सफल बनाउन भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्ने नीतिअनुरुप ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार परिचालित हुने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 त्यसका लागि सशस्त्र प्रहरीले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति’ तर्जुमा गरी कार्यान्वयनमा ल्याइसकेको छ । एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सरकारबाट तोकिएको जिम्मेवारी त्रुटिरहित ढङ्गबाट सम्पन्न गराउन उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गर्नेगरी तयारी गरिएको सशस्त्र प्रहरी प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले जानकारी दिए ।
 
 प्रधान कार्यालय हल्चोकमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सुरक्षा चुनौतीका आधारमा निर्वाचन क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी तोकिएको जिम्मेवारीमा परिचालन गरिने बताए । सशस्त्र प्रहरी निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुनेछ ।

mediabaaji add

सम्बन्धित खबर

गोरखा १ मा मतगणनामा ढिलाइ

गोरखा । प्रतिकूल मौसमका कारण मतपेटिका संकलनमा ढिलाइ हुँदा गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना अझै सुरु हुन सकेको छैन । उत्तरी गोरखाका दुर्गम क्षेत्रमा रहेका १६ वटा मतदान केन्द्रको मतपेटिका ल्याउन नसकिएका कारण गणना कार्य रोकिएको हो ।

शुक...

एमाले उपाध्यक्ष पदका लागि बिन्दा पाण्डे मैदानमा, प्रस्तावकमा अष्टलक्ष्मी

काठमाडौँ । नेकपा एमालेकी नेतृ बिन्दा पाण्डेले पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । नेतृ अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । पार्टीको जारी ११औँ महाधिवेशनम...

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा के...

निजी क्षेत्रलाई दलालको ट्याग लगाउनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गरेर ‘दलाल’को ट्याग लगाउन नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घले आइतबार काठमाडौँमा आयोजित ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै उनले भने, कानु...

जेनजी प्रदर्शनमा प्रहरी हत्या : थप ५ सहित हालसम्म ९ जना पक्राउ, महाराजगञ्जमा दुई र कोटेश्वरमा एकसहित ३ प्रहरीको हत्या

काठमाडौँ । महाराजगञ्ज प्रहरी वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या प्रकरणमा संलग्न भएको आरोपमा थप पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७...

रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेन पार्टीका नवनिर्वाचित सांसदका लागि आजदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा अनुपस्थित रहेका छन् । ललित...