भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटा र भोजपुर जिल्लामा भवन निर्माणसँग सम्बन्धित घुसकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सब(इन्जिनियर रविन श्रेष्ठले भोजपुरस्थित विद्यालयको भवन निर्माण अन्तिम बिल भुक्तानी प्रक्रियामा बाधा पुर्याउँदै सेवाग्राहीसँग ८५,००० रुपैयाँ घुसररिसवत लिएका थिए ।
आयोगको टोलीले सुमन राईलाई ललितपुरबाट र कार्की तथा श्रेष्ठलाई इटहरी, धनकुटा र भोजपुरबाट आवश्यक कागजात र मोबाइलसहित नियन्त्रणमा लिएको छ । अहिले उनीहरूमाथि थप अनुसन्धान जारी रहेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
नेशनल लाईफ इन्स्योरेन्स को १ दिने तालिम सम्पन्न
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको ब्यबसाय गरि छनौट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरुलाइ १ दिने तालिम प्रदान गरेको छ ।
कम...
बुधबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...
चालु आवको चौमासिक अवधिमा अझै २५ स्थानीय तह बजेटविहीन
काठमाडौँ । चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन्। देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।...
धान बेच्न किसान रातभर लाइनमा, सरकारी खरिद केन्द्रमा भीड
कैलाली । यहाँको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी धान खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुग्नुभएका स्वरुपल...
सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा पाँच हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी...
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ। खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ। निर्देश...



