चुनावी प्रचारको पूर्वतयारीमा दलहरू, उम्मदवारहरु घरघरमा भोट माग्दै
चितवन । जिल्लामा रहेका दलहरूले चुनावी प्रचारको पूर्वतयारीका कामहरू धमाधम गरिरहेका छन् । कार्यकर्ता भेटघाट, समिति निर्माण, आर्थिक सङ्कलनलगायत काममा दल र उम्मेदवारहरू लागेका हुन् ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति बनाइएको बताए। उनले जिल्लामा एउटा, प्रत्येक निर्वाचन क्षेत्र र वडा तहमा समेत निर्वाचन परिचालन समिति बनाएर प्रचारप्रसारको तयारी थालिएको बताए। उनले भने, ‘सबै खाले आन्तरिक तयारीमा लागेका छौँ, आन्तरिक तयारी पूरा गरेर प्रचारमा लाग्छौँ ।’
विशेष महाधिवेशनसँगै कांग्रेसहरू एक भएर निर्वाचनमा परिचालित भएको भन्दै उनले विगतको जस्तो गुटगत समस्या कांग्रेसमा अहिले नरहेको बताए ।
नेकपा एमाले जिल्ला अध्यक्ष कमल पाठकले जिल्लास्तरीय, क्षेत्रस्तरीय, वडास्तरमा निर्वाचन परिचालन, स्वयंसेवक, आर्थिक सङ्कलन समिति बनाइसकिएको बताए। घोषणापत्र र प्रतिबद्धतापत्र बनाउने काम भइरहेको जानकारी दिँदै उनले भने, ‘क्षेत्रगत समस्या पहिचान गरी तीन वटै क्षेत्रका छुट्टाछुट्टै प्रतिबद्धतापत्र बनाउने काम भइरहेको छ।’ कार्यालय सञ्चालनका लागि तयारी गरिएको उनको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
रास्वपाको नवलपरासी सभापति महेन्द्र ठकुरी कांग्रेसमा प्रवेश
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको केही दिनअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नवलपरासी जिल्लाका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्मा ले ठकुरीलाई पार्टीमा स्वागत...
विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने, आजै पारित गरिने प्रस्ताव
काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा विभिन्न मन्त्रालयगत शीर्षकहरूमा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने मुख्य कार्यसूची रहेक...
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सुनसरी र सिराहा घटनामा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्नेसहितको ५ निर्णय गरिएको हो।
यी हुन् निर्णय
१, नेपालभित्र पैठारी वा उत्पादन ह...
दुर्गा प्रसाईं पक्राउको विरोधमा आजैदेखि सडक संघर्ष गर्ने नागरिक बचाउ दलको घोषणा
काठमाडौँ । विवादित मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं पक्राउको बिरोधमा उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ । सोमबार मात्र पत्रक...
सुदन किरातीले छोडे प्रलोपा, हर्क साम्पाङसँग संवादमा
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले परित्याग गरेका छन् । पूर्वमन्त्री किरातीले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसद् अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । बैठक शुक्रबार दिनको १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा बस्ने भएको हो ।



