१ महिनामा साढे ७ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलमा आवतजावत
काठमाण्डौँ । अंग्रेजी नयाँ वर्षको पहिलो महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ७ लाख यात्रुले आवागमन गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जनवरीमा ७ लाख ४८ हजार ७ सय ९६ यात्रु मुभमेन्ट देखिएको हो ।
जसअनुसार आन्तरिक उडानबाट प्रस्थान गरेका यात्रु संख्या १ लाख ६२ हजार २ सय ३१ छ भने १ लाख ५६ हजार ३ सय १७ जनाको आगमन भएको छ । अन्तर्राष्ट्रिय उडानबाट प्रस्थान गरेका यात्रु संख्या २ लाख १० हजार ८ सय ८७ र आगमन संख्या २ लाख १९ हजार ३ सय ६१ छ ।
कार्यालयका अनुसार यो एक महिनामा आन्तरिकतर्फ ३ हजार ४ सय ३ पटक जहाज प्रस्थान र ३ हजार ४ सय ६ पटक आगमन भएको छ। त्यसैगरी अन्तर्राष्ट्रियतर्फ १ हजार ४ सय ७५ पटक जहाज प्रस्थान र १ हजार ४ सय ७४ पटक आगमन भएको छ। जनवरीमा कुल ९ हजार ७ सय ५८ पटक विमान मुभमेन्ट भएको कार्यालयको तथ्यांक छ । कार्गोतर्फ डोमेस्टिक डिपार्चर २१८ टन, अराइभल ७४ टन छ भने इन्टरनेशनल डिपार्चरतर्फ १ हजार ५ सय ८६ टन र अराइभल ९ सय ८४ टन भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने, खाना र वस्तुको विशेष प्रदर्शनी
काठमाडौँ । नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘ठमेल सडक महोत्सव’ हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा नेपाली नयाँवर्षलाई अन्तरराष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले आज दिउँसो काठमाडौँ महान...
फेरि हिमपात भयो मुक्तिनाथ क्षेत्रमा
मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएको हो । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक...
एफएटीएफको ‘ग्रे लिस्ट’मा नेपाल यथावत्
काठमाडौँ । वित्तीय कारबाही कार्यदल एफएटीएफको ‘ग्रे लिस्ट’मा नेपाल यथावत् रहेको छ । फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण एएमएलरसीएफटी सम्बन्धी रणनीतिक कमजोरी अझै...
आजदेखि २४ घण्टाभित्र लाइसेन्स प्राप्त गरिने व्यवस्था
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका ५ स्थित सुरक्षण मुद्रण केन्द्र्र पुगेर सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन् । निरीक्षणका क्रममा सञ्चारमन्...
तामाकोसी बस दुर्घटनामा दुई बालकसहित तीन जना अझै बेपत्ता, प्रहरीले जारी गर्यो हुलिया
काठमाण्डौँ । रामेछापको मन्थली नगरपालिका–६, बेनीघाटस्थित तामाकोसी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरूको फोटोसहितको हुलिया सार्वजनिक गर्दै खोजी कार्यमा सहयोग गर्न सर्वसाधारण र सम्बन...
भोलि महाशिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ ? एक पटक ट्राफिक व्यवस्थापनको नियम हेर्ने की ?
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वको तयारी पूरा भएको छ । पशुपति क्षेत्रमा रङरोगनदेखि सरसफाइ गरिएको छ । साधु-सन्तहरुको बाक्लो उपस्थिति भइसकेको छ । प्रहरीले पनि पर्वको अवसरमा हुने भिड व्यवस्थापनको योजना बनाइसकेको छ...



