चालु आवको तीन महिनामा आयात-निर्यात दुवैमा सुधार, १२.२ प्रतिशतले बढ्यो व्यापार घाटा
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात तथा निर्यातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामायस वर्ष निर्यात ८९.६ प्रतिशत र आयात १९.८ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको तीन महिनामा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको सामान निर्यात हुँदा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।
यस अवधिमा भारततर्फको निर्यात १३६.९ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ३.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस्तै समीक्षा अवधिमा चीनतर्फको निर्यातमा उल्लेख्य कमी देखिएको छ । भारतबाट आयात हुने वस्तुमा ७.५ प्रतिशत, चीनबाट आयात हुने वस्तुमा ३३.४ प्रतिशत र अन्य मुलुकबाट आयात हुने वस्तुमा ४६.५ प्रतिशतले वृद्धि देखिएको छ । त्यसैगरी व्यापार घाटा भने १२.२ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा व्यापार घाटा ४ प्रतिशतले घटेको थियो। वस्तुको निर्यात–आयात अनुपात अघिल्लो वर्ष ९.८ प्रतिशत रहेकोमा यस वर्ष १५.५ प्रतिशत पुगेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बुधबार कुन विदेशी मुद्राको विनमियदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र...
नेप्सेमा ३९.९२ अंकको वृद्धि, ६ अर्ब २८ करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड माथिको सेयर कारोबार...
अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र युरोको घट्यो !
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहित केही मुद्राको मूल्य भने घटेको राष्ट्र बै...
एकैदिन ६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो
काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन काटेको छ । लामो समयदेखि औद्योगिक क्षेत्रको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर पनि भाडा र महसुल नतिरेपछि लिमिटेडले बुधबारदेखि धमाधम लाइन काट्न सुरु गरेक...
कोहलपुर-सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण
सुर्खेत । बहुप्रतिक्षित कोहलपुर सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण गरिएको छ । आयोजना निर्माण सम्पन्न भएसंगै शुक्रबार उक्त लाइन परीक्षण गरिएको हो । १३२ केभी प्रशारण लाइनको निर्माण सम्पन्न भएसँगै कर्णालीबासीले भोग्दै आएको विद्युत समस्या स...
क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन
काठमाडौं। सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन...


