वीरगञ्ज नाकाबाट चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास एलपिजी, एभिएसन टर्बाइन फ्युल एटिएफ र मट्टितेल आयातबाट २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा रकमको आधारमा पाँच थरिका पेट्रोलिम पदार्थको आयातमा रु दुई अर्ब ९३ करोडले बढी हो ।
जबकी गत आवको चार महिनाको अवधिमा भने ५१ अर्ब १९ करोड मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात हुँदा २० अर्ब ८९ करोड राजस्व सङ्कलन भएको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको चार महिनामा पेट्रोलियम पदार्थको आयातमा केही वृद्धि भएको जानकारी दिए। ‘गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट प्राप्त हुने राजस्वमा समेत नौ दशमलव ६० प्रतिशतले बढेको छ,’ उनले भने।
वीरगञ्ज भन्सार कार्यालयका चालु आवको कात्तिक मसान्तसम्म रु २४ अर्ब ४० करोड मूल्य पर्ने दुई लाख ६८ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ। सो डिजेल आयातबाट रु १० अर्ब ७३ करोड राजस्व सङ्कलन भएको छ।
जबकी गत आवको सोही अवधिमा भने २१ अर्ब ८३ करोड मूल्य पर्ने डिजेल आयात भएको थियो। सोबाट नौ अर्ब ७८ करोड राजस्व सङ्कलन भएको थियो।
चालु आवको चार महिनामा रु १४ अर्ब २७ करोड मूल्य पर्ने एक लाख ६६ हजार ६६३ किलोलिटर पेट्रोल आयात भएको छ। सो पेट्रोल आयात हुँदा रु नौ अर्ब ४३ करोड राजस्व सङ्कलन भएको छ। जबकी गत आवको चार महिनामा भने १२ अर्ब ४३ करोड मूल्य पर्ने पेट्रोल आयात हुँदा आठ अर्ब ११ करोड राजस्व सङ्कलन भयो ।
चालु आवको चार महिनाको अवधिमा रु नौ अर्ब ७७ करोड मूल्य पर्ने नौ करोड ७३ लाख ९६ हजार ४७२ किलोग्राम एलपी ग्यास आयात भएको छ। सो आयातबाट रु एक अर्ब ८३ करोड राजस्व सङ्कलन भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन आयोगद्वारा उम्मेदवारलाई ताकेता : बैंक खाता खोल्न ढिला नगर्नू
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा उम्मेदवारहरूलाई बैंक खाता खोल्ने काममा ढिलाइ नगर्न ताकेता दिएको छ । आयोगले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सबै उम्मेदवारलाई आफ्ना निर्वाचन खर्च पारदर्शी गर्न यही खाताबाट खर्च गर्नुपर्ने भएकाले बाँकी रहेका...
सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’
काठमाण्डौँ । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलिएको छ । सभाखोलाको पानीलाई प्रयोग गरी निर्माणाधीन २१ दशमलव पाँच मेगावाट क्षमताको सभाखोला आयोजनाको मुख्य सुरुङ सोमबार छिचोलिएको हो ।
यहाँ...
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर साढे तीन प्रतिशतमा सीमित हुने प्रक्षेपण
काठमाडौँ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालु आवको कूल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थि...
बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैया...
अस्ट्रेलियन डलर, युरो र पाउन्ड महँगिए, अमेरिकी डलरको मूल्य घट्दा
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने बढेको छ ।
...सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको छ ।



