नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेका कारण मौसममा बदलाब आएको छ। सुदूरपश्चिमलगायत देशका पहाडी तथा हिमाली भूभागमा अहिले साधारणतया बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा देखिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानहरू तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भेगमा साधारणतया बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। विशेषगरी पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
नयाँ प्रणालीबाट विद्युतीय राहदानी
काठमाण्डौँ । अब सरकारले वितरण गर्ने विद्युतीय राहदानी नयाँ प्रणालीमार्फत नागरिकले पाउने भएका छन् । नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको राहदानी विभागले जनाएको छ ।
विगतमा फ्रान्सको आइडिया कम्पनीको प्रविध...
उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम प...
उपत्यकामा बदली र छिटफुट वर्षा, वायुमण्डलीय प्रदूषण बढ्यो !
काठमाडौँ । काठमाडौं उपत्यकामा मौसममा परिवर्तन देखिएको छ । अहिले मौसम बदली भई छिटफुट रूपमा पानी परिरहेको छ। साथै, उपत्यकाको वायुमण्डलमा प्रदूषण पनि बढेको छ ।
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार...
देशभर मनसुनी वर्षा कायम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर साधारणतया बदली रही बागमती, कोसी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्...
वीरगञ्जको सम्पदा जोगाउन काठमाडौंमा प्रदर्शन
काठमाडौँ । काठमाडौंको माइतीघर मण्डलामा वीरगञ्जको ऐतिहासिक तथा प्राचीन सम्पदा संरक्षणको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले ‘वीरगञ्जमा डोजर आतंक बन्द गर’, ‘वीरगञ्जको ऐतिहासिक प्राचीन सम्पदा मास्न पाइदैन’ लेखिएका पम्प्लेट बोकेर विर...



