पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना
काठमाण्डौँ । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ, स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ । मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी पहाडी भूभाग र मधेस, बागमती तथा गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ । बागमती र गण्डकीका तराई क्षेत्रका साथै मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मागको एकतिहाइ मात्रै आपूर्ति हुँदा ग्यास अभाव भयोः विभाग
काठमाडौँ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मागको तुलनामा न्यून ग्यास आपूर्ति भएकाले बजारमा अभाव कायम रहेको निष्कर्ष निकालेको छ । सोमबार दिउँसो विभागले आयल निगम र गुणस्तर तथा नापतौल विभागसहित चारवटा टोली संयुक्त अनुगमन...
धनगढीमा अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको जहाज मध्यरातमा काठमाडौँ फिर्ता
काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज गन्तव्यमा अवतरण हुन नसकेपछि मध्यरातमा पुनः काठमाडौँ नै फर्किएको छ। जहाज अवतरण हुन नसकी काठमाडौँ फिर्ता भएपछि जहाजमा रहेका ८० जना यात्रुहरू अलपत्र परेका छन् ।
उक्त जहाजमा सवार सञ...
काठमाडौं महानगरपालिकाले भन्यो : नदीको दायाँबायाँमा लगाएको निर्माणको प्रतिबन्ध हट्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँ बायाँ भवन निर्माण अनुमतिमा यसअघि लगाइएको प्रतिबन्ध हटाएको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नदीको दायाँ बायाँ भवन निर्माण गर्न अनुमति दिइएको जनाएको...
सुकुमबासी बस्तीका विद्यार्थीको समस्यालाई हल गर्न शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुकुमवासी बस्ती हटाउँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी गरेको छ । मन्त्री सस्मित पोखरेलको निर्देशन पछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन...
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले गर्दा मौसममा सामान्य बदलाब देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशको हिमाली भूभागमा साधारणतया बदली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया...
सर्वोच्चको आदेश- शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्नू
काठमाडौँ । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्न सरकार एवं सरोकारवालाहरूका नाममा आदेश जारी गरेको छ । शैक्षिक सत्र सुरु नभई कतिपय विद्यालयले विद्यार्थी भर्ना गरेको भनी प्रश्न उठाएर दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतल...



